साइबर आक्रमणको जोखिम बहन गर्न साइबर सुरक्षा बीमा ल्याइने

Technology Khabar ५ बैशाख २०८०, मंगलवार

साइबर आक्रमणको जोखिम बहन गर्न साइबर सुरक्षा बीमा ल्याइने

काठमाडौं ।

सरकारले साइबर जोखिम बहन गर्नका लागि बीमाको व्यवस्था गर्न खोजेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न साइबर सुरक्षा बीमाको व्यवस्था गरिने उल्लेख छ।

सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको जोखिम पनि बढ्दो क्रममा छ। नेपालमा पनि पछिल्लो समय साइबर आक्रमणका घटनाहरु भइरहेका छन्। यस्तोमा साइबर आक्रमणबाट हुने क्षति न्यूनिकरण गर्न नेपाल सरकार पनि अग्रसर हुन खोजिरहेको छ। विश्व बजारमा नयाँ उद्योगको रुपमा उदाइरहेको साइबर सुरक्षा बीमा नेपालमा पनि कार्यान्वयनमा ल्याउनेतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलको ध्यान केन्द्रित भइरहेको छ।

विश्वका केही देशमा साइबर सुरक्षा बीमा प्रचलनमा आइसकेको छ। नेपालमा भने हालसम्म यस सम्बन्धि व्यवस्था छैन।

साइबर सुरक्षा बीमाले अनलाइन मार्फत हुने कारोबारको जोखिमलाई सुरक्षण गर्न सकिन्छ। साइबर सुरक्षा बीमाले व्यक्तिगत भन्दा पनि कम्पनीहरुमा हुन सक्ने वित्तीय जोखिमलाई सुरक्षण प्रदान गर्छ।

easy care

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार