साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गरिने

Technology Khabar ४ बैशाख २०८०, सोमबार

साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गरिने

काठमाडौं ।

सरकारले साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्ने तयारी गरेको छ। बालबालिकालाई विद्यालयबाटै साइबर सुरक्षा सम्बन्धि जानकारी प्रदान गर्न सरकारले पाठ्यक्रममै यस विषय समावेश गर्न खोजेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्ने उल्लेख गरिएको छ।

यस्तै साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि विश्वविद्यालयहरुलाई प्रोत्साहित गरिने मस्यौदामा उल्लेख छ।

सूचना प्रविधिको तीव्र विकाससँगै यसको प्रयोग पनि बढ्दो छ। सूचना प्रविधिले मानिसको जीवनयापनमा सहजता प्रदान गरे पनि यसबाट हुने अपराध बढ्दो क्रममा छ।

साथै, साइबर सुरक्षा सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने संघ संस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिसिङ स्कूलको व्यवस्था गरिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गरिनेछ।

easy care

प्रकाशित: ४ बैशाख २०८०, सोमबार