सोनीको पीएस५ ३२.१ मिलियन यूनिट बिक्री

Technology Khabar २० माघ २०७९, शुक्रबार

सोनीको पीएस५ ३२.१ मिलियन यूनिट बिक्री

काठमाडौं ।

सोनीको गेमिङ व्यवसायका लागि २०२२ को चौथो क्वाटर ब्लकबस्टर होलिडे सावित भएको छ। कम्पनीले उक्त क्वाटरमा ७.१ मिलियन यूनिट पीएस५ बिक्री गरेको छ भने अघिल्लो वर्षको सोही क्वाटरमा ३.९ मिलियन बिक्री गरेको इनग्याजेडले उल्लेख गरेको छ।

यो ८२ प्रतिशतको उच्चतम वृद्धि हो। कम्पनीको आपूर्ति समस्याहरु धेरै हदसम्म हल भएको देखिन्छ। तर धेरै कम्पनीहरुले डेलिभरी ढिलो हुने बताइरहेका छन्।

कम्पनीको राजश्वमा पनि उच्चतम वृद्धि देखिएको छ। कम्पनीको गेम र नेटवर्क सर्भिसेज सेगमेन्टबाट ९.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। यो २०२१ को तुलनामा ५३ प्रतिशत धेरै हो।

यसमा हार्डवेयरमा दोब्बर भन्दा बढी राजश्व र सफ्टवेयर (३० प्रतिशत), नेटवर्क सेवाहरु (२० प्रतिशत) र पीएसभीआर र अन्य प्लेटफर्महरुमा फ्रस्ट पार्टी सफ्टवेयर बिक्री (७३ प्रतिशत) रहेको छ।

सोनीले नोभेम्बर २०२२ मा २५ मिलियन बिक्री गरेको भने हाल ३२.१ मिलियन पीएस५ बिक्री गरेको छ। एकै क्वाटरमा कम्पनीको बिक्री २८ प्रतिशतले बढेको छ।

easy care

प्रकाशित: २० माघ २०७९, शुक्रबार