६ महिनामा पौने २ लाख स्मार्टवाच आयात

Technology Khabar १० माघ २०७९, मंगलवार

६ महिनामा पौने २ लाख स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा २४ करोड ३७ लाख ८१ हजार रुपैयाँको स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पुसमसान्तसम्म उक्त रकम बराबरको १ लाख ७३ हजार ७२१ यूनिट स्मार्टवाच आयात हो।

गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात घटेको देखिएको छ। आव २०७८/७९ को पुसमसान्तसम्म ३५ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको २ लाख ६५ हजार ८२० यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आवको पुसको तुलनामा चालु आवको पुसमसान्तमा स्मार्टवाचको आयात ११ करोड ३२ लाख ५० हजार रुपैयाँले अर्थात ३१.७१ प्रतिशत घटेको छ।

नेपालमा १४ ओटा मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।

चीनबाट सबैभन्दा धेरै १८ करोड ४४ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ३१८ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट ४ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको १६ हजार ९३१ यूनिट स्मार्टवाच आयात भएको छ।

easy care

प्रकाशित: १० माघ २०७९, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार