डिसेम्बर १ मा शाओमी एस२ भर्सन स्मार्ट वाच सार्वजनिक हुने

Technology Khabar १४ मंसिर २०७९, बुधबार

डिसेम्बर १ मा शाओमी एस२ भर्सन स्मार्ट वाच सार्वजनिक हुने

काठमाडौं ।

शाओमीले आगामी डिसेम्बर १मा आफ्नो नयाँ उत्पादनहरु सार्वजनीक गर्ने भएको छ। उक्त समारोहमा शाओमीको स्मार्ट वाच एस २, बड्स ४ र फ्ल्यागसिप एमआई १३ सिरिजका स्मार्टफोनहरु मुख्य आकर्षणको विषय रहने दाबी गरिएको छ।

गत वर्ष चीनमा लन्च गरिएको एमआई वाच एस वानको उत्तराधिकारीको रुपमा शाओमी वाच एस २ लाई उक्त समारोहमा सार्वजनीक गर्ने कम्पनीको योजना  छ। यो स्मार्ट वाच विभिन्न साइजहरुमा पनि उपलब्ध हुने उल्लेख गरिएको छ।

शाओमी वाच एस २ रेगुलर ४६ एमएम मोडल र ४२ एमएम मोडलमा उपलब्ध हुने शाओमीका प्रमुख लेई जुनले जनकारी दिएका छन्। बजारमा आउन लगेको स्मार्ट वाचको सानो मोडलहरु विशेष गरी महिलाहरुलाई लक्षित गरेर निर्माण गरिएको जुनले बताए।

उक्त स्मार्ट वाचमा धेरै डेलिकेट फिचर र फेशनेबल डायलहरु प्रयोगकर्ताहरुको लागि रहने भनी उल्लेख गरिएको छ। यसैगरी निलो र बेज ब्राउन गरी दुई ओट रङ्गमा स्मार्ट वाचको स्ट्याप्स रहने बताइएको छ।

शाओमी वाच एस २ ४२ एमएम मोडल गोल्ड र कालो रङ्गमा उपलब्ध हुनेछ। ठूलो ४६ एमएम मोडल भने कालो र सिल्भर रङ्गमा उपलब्ध हुनेछ। शाओमी वाच एस २ स्मार्ट वाचको मूल्य ९९९ युआन पर्नेछ जुन १३९ अमेरिकी डलर बराबर हुनेछ।

आउन लागेको स्मार्ट वाचको फिचरहरुको बरेमा विस्तृत जानकारी नभएता पनि प्रोफेसनल स्पोर्ट मोड, मल्टीपल फिटनेस र एडभान्स हेल्थ रिलेटेड फिचरहरु उक्त स्मार्ट वाचको मुख्य फिचरहरुको रुपमा रहने बताइएको छ।

एएमओएलईडी डिस्प्ले रहने उक्त स्मार्ट फोनमा ट्र्याकिंग र नेभिगेशनको लागि डूअल फ्रिक्वेसी जीपीएस प्रयोग गरिने बताइएको छ।

easy care

प्रकाशित: १४ मंसिर २०७९, बुधबार