गुगल क्लाउड थप ६ देशमा विस्तार हुने

Technology Khabar २६ आश्विन २०७९, बुधबार

गुगल क्लाउड थप ६ देशमा विस्तार हुने

काठमाडौं ।

गुगलले मंगलबार आफ्नो क्लाउड पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ। टेकक्रन्चका अनुसार कम्पनीले गुगल क्लाउड ६ देशमा विस्तार गर्ने घोषणा गरेको हो।

गुगलले अस्ट्रिया, चेक गणतन्त्र, ग्रीस, नर्वे, दक्षिण अफ्रिका र स्वीडेनमा क्लाउड सेवा विस्तार गर्ने भएको हो।

यी देश बाहेक गुगलले मिलान, पेरिस, म्याड्रि, कोलम्बस र डलास लगायत शीर्ष शहरमा सन् २०२३ भित्रमा क्लाउड सेवा शुरु गर्ने घोषणा गरिसकेको छ।

यी थप नयाँ ६ मुलुकसँगै गुगल क्लाउड सेवा ४१ क्षेत्रहरुमा विस्तार हुनेछ। पछिल्लो समय धेरै मुलुकहरु डाटा सुरक्षाका लागि सम्बेदनशिल बन्दै गइरहेका छन्। यस्तोमा क्लाउड सेवा प्रदायकहरु प्रतिस्पर्धी र विश्वाशिलो बन्नका लागि स्थानीय क्षेत्रमा आफ्नो सेवा विस्तारमा आक्रमक रुपमा लागेका छन्।

easy care

प्रकाशित: २६ आश्विन २०७९, बुधबार