जिमेल मार्फत पनि गर्न सकिन्छ भिडियो र अडियो कलिङ, यहाँ जान्नुहोस् सजिलो तरिका

Technology Khabar २७ मंसिर २०७८, सोमबार

जिमेल मार्फत पनि गर्न सकिन्छ भिडियो र अडियो कलिङ, यहाँ जान्नुहोस् सजिलो तरिका
Global IME Bank

काठमाडौं ।

गुगल च्याटमा नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई अडियो र भिडियो कल गर्न अनुमति दिन्छ। यो सुविधाको फाइदा जिमेलको एन्ड्रोइड र आईओएस दुवै संस्करणहरूमा उपलब्ध छ।

अपडेटपछि, प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत च्याट विन्डोको शीर्ष दायाँ कुनामा फोन र भिडियो आइकन देख्नेछन्। यस बाहेक प्रयोगकर्ताहरूले यसमा मिस्ड कल र चलिरहेको कलहरू पनि हेर्न सक्नेछन्।

यो नयाँ सुविधा एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। यसका लागि कलर र रिसिभर दुवैसँग जिमेलको नयाँ संस्करण हुनुपर्छ।

भ्वाइस र भिडियो कल सुविधा आईओएस र एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि उपलब्ध जिमेल एप भित्र गुगल च्याटमा रोल आउट गरिएको छ। प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा देखा पर्ने आइकनहरूमा ट्याप गरेर सजिलैसँग भिडियो र भ्वाइस कल गर्न सक्छन्।

यसरी सजिलोसँग जिमेलबाट फोन कल र भिडियो च्याट गर्नुस्ः-

जिमेलबाट फोन कल कसरी गर्ने?

>> आफ्नो स्मार्टफोनमा जिमेल एप खोल्नुहोस्।
>> तल देखाइने च्याट विकल्पमा ट्याप गर्नुहोस्।
>> व्यक्तिगत च्याट विन्डो खोल्नको लागि सम्पर्क (Contact)मा ट्याप गर्नुहोस्।
>> कल गर्नको लागि, माथिल्लो दायाँ कुनामा देखा पर्ने फोन आइकनमा ट्याप गर्नुहोस्।

जिमेल मोबाइलबाट भिडियो कल कसरी गर्ने?

>>सबैभन्दा पहिले आफ्नो मोबाइलमा जिमेल एप खोल्नुहोस्।
>>तपाईँले तल देखाईने च्याट विकल्पबाट सम्पर्कमा ट्याप गरेर कुराकानी सुरु गर्न सक्नुहुन्छ।
>> एउटा च्याट विन्डो खुल्नेछ।
>> भिडियो आइकनमा ट्याप गर्नुहोस्, जुन शीर्ष दायाँ कुनामा अवस्थित हुनेछ।

Sajilo Visa

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार