गुगल पिक्सल ७ प्रो अक्टोबर ६ मा सार्वजनिक हुने, नयाँ भिडियो टिजर प्रस्तुत

Technology Khabar १२ आश्विन २०७९, बुधबार

गुगल पिक्सल ७ प्रो अक्टोबर ६ मा सार्वजनिक हुने, नयाँ भिडियो टिजर प्रस्तुत

काठमाडौं ।

गुगल पिक्सल ७ प्रो अक्टोबर ६ मा सार्वजनिक हुनेछ। उक्त कार्यक्रमलाई सफल बनाउने तयारीमा कम्पनी केन्द्रित छ।

यस्तोमा गुगगले पिक्सल ७ प्रोको डिजाइन प्रस्तुत गर्ने भिडियोको टिजर प्रस्तुत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

नयाँ भिडियोमा फोनलाई विभिन्न कोणबाट हेर्न पाइन्छ। फोन पहिलै नै ३ ओटा कलरमा उपलब्ध हुने आधिकारिक पुष्टी भइसकेको छ। ओब्सिडियन, स्नो, हेजल कलरमा उपलब्ध छ।

पिक्सल ७ प्रो १२ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।

फोनको पछाडि ट्रिपल क्यामरा सिस्टम दिइएको छ। जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रावाइड र ४८ मेगापिक्सलको टेलिफोटो सेन्सर छ। मोबाइलमा सामसङ जीएम१ सेन्सर प्रयोग गरिएको छ। गत वर्षको पिक्सल ६ प्रोमा सोनी आईएमएक्स५८६ प्रयोग गरिएको छ।

सेल्फीका लागि ११ मेगापिक्सलको क्यामरा छ। यसमा सामसङ ३जे१ सेन्सर दिएको छ। यो सेन्सरमा अटोफोकस उपलब्ध हुने विश्वास गरिएको छ।

easy care

प्रकाशित: १२ आश्विन २०७९, बुधबार