गुगल स्थापनाको २३ वर्ष पुरा

Technology Khabar ११ आश्विन २०७९, मंगलवार

गुगल स्थापनाको २३ वर्ष पुरा

काठमाडौं ।

चर्चित सर्च इन्जिन गुगल स्थापनाको २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ। दुई साथी ल्यारी पेज र सर्गेइ ब्रिनले सन् १९९८ सेक्टेम्बर ४ मा गुगलको स्थापना गरेका हुन्। कम्पनीले पहिलो ७ वर्ष सेक्टेम्बर ४ लाई नै स्थापना दिवसको रुपमा मनाउने गरेको छ। त्यस पछि भने कम्पनीले सेक्टेम्बर २७ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ।

स्थापनाकाल देखि २०१५ सम्म गुगलको सीईओको रुपमा सहसंस्थापक ल्यारी पेज प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा रहेका थिए। सन् २०१५ अक्टोरब २४ देखि भारतीय मुलुका सुन्दर पिचाइ गुगलको सीईओको रुपमा कार्यरत छन्।

गुगलले सर्च इन्जिन सहित २७१ ओटा उत्पादन आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आइरहेका छन्। गुगलका चर्चित उत्पादनहरु मध्येमा गुगल सर्च इन्जिन, गुगल क्रोम, जिमेल, एन्ड्रोइड, यूट्युब, गुगल एडसेन्स, गुगल ड्राइभ, गुगल एड, गुगल म्याप, गुगल डकुमेन्ट, पिक्सल स्मार्टफोन लगायत छन्।

इन्टरनेट प्रयोगकर्ताका माझ गुगल सर्च इन्जिन सबैभन्दा चर्चित रहेको छ। कुल बजारको ६० प्रतिशतभन्दा धेरै हिस्सा गुगल सर्च इन्जिनले लिएको छ।

easy care

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार