गुगल विरुद्ध भारतमा मुद्दा दायर

Technology Khabar ६ आश्विन २०७९, बिहीबार

गुगल विरुद्ध भारतमा मुद्दा दायर

काठमाडौं ।

भारतमा गुगल विरुद्ध मुद्दा दायर गरिएको छ। गिगचाइनाका अनुसार भारतीय अनलाइन गेमिङ प्लेटफर्म विन्जोले मंगलबार गुगलविरुद्ध मुद्दा दायर गरेको हो।

कम्पनी गुगललाई ‘रियल मनी खेलहरु’ (खेल खेलेर पैसा कमाउने) उपलब्ध गराउनबाट रोक्न अदालतको शरणमा पुगेको हो। भारतका धेरै जस्तो क्षेत्रमा प्रयोगकर्ताहरुले वास्तविक पैसाको लागि स्किल खेलहरु खेल्न सक्छन्।

स्किल खेलहरुको नजिजा मुख्य रुपमा प्रयोगकर्ताको सीप, जस्तै ज्ञान, प्रशिक्षण, ध्यान र अनुभवमा निर्भर हुन्छ।

यसमा कार्ड गेम र फ्यानटासी खेलहरु समावेश छन्। वषौंदेखि गुगलले भारतमा वास्तविक पैसा खेल उपलब्ध गराइरहेको छैन। यस महिनाको शुरुमा गुगलले एक वर्ष लामो पाइलट प्रोग्रामकको रुपमा भारतमा आफ्नो प्ले स्टोरमा फ्यानटासी र कार्ड गेम थप्न सकिने बताएको थियो।

गुगलले नीति अपडेटमा दुवै श्रेणीका खेलहरुमा प्रयोकर्ताहरुले खेलकुद घटनाहरु र एथलीटहरुले रणनीतिहरु विकास गर्न वा कार्डहरु याद गर्न प्रयोग गर्न सक्ने बताएको थियो।

कम्पनले अन्य खेल कोटिहरु र उनीहरुलाई कसरी व्यवहार गर्ने भनेर उल्लेख गरेको छैन।

विन्जोले यी श्रेणीका खेलहरुसहित बोर्ड गेम, पजल, दौड खेललगायत अन्य धेरै खेलहरुका लागि भारतमा सःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ।

गुगलको नयाँ नीतिले विन्जोको व्यवसायलाई असर गर्नेछ।

दिल्लीको उच्च अदालतमा मुद्दा दायर गर्नु अघि विन्जोले सेप्टेम्बर १० मा गुगललाई अपडेट गरिएको नीतिको विवाद समाधान गर्नका लागि सम्पर्क गरेको थियो। गुगलबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएकाले अदालतको सहारा लिनु परेको विन्जोले बताएको छ।

easy care

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

ताजा समाचार