एप्पल आईफोन १४ लन्चमा ढिलाई हुनसक्ने संभावना, यस्तो छ कारण

Technology Khabar २३ श्रावण २०७९, सोमबार

एप्पल आईफोन १४ लन्चमा ढिलाई हुनसक्ने संभावना, यस्तो छ कारण

काठमाडौं ।

यदि तपाइँ एप्पल प्रेमी हुनुहुन्छ र आईफोन १४ सिरिज लन्चको लागि उत्सुकतापूर्वक पर्खिरहनु भएको छ भने, यो खबरले तपाइँलाई ठूलो झटका दिनेछ। भर्खरको रिपोर्टले आईफोन १४ श्रृंखलाको लन्च यस वर्ष ढिलाइ हुन सक्छ भन्ने खुलासा गरेको छ। यसको पछाडि चीन र ताइवानबीच बढ्दो राजनीतिक तनाव रहेको बताईएको छ।

यस अघिका रिपोर्टहरूले यो आईफोन १४ सिरिज सेप्टेम्बर १३ मा लन्च हुनसक्ने भनिएको थियो, तर अब जीएसएमएरेनाको पछिल्लो रिपोर्टले आईफोन १४ को लन्च यस वर्ष ढिलो हुन सक्ने जानकारी दिएको छ।

यसको पछाडिको कारण हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण हो, जसले गर्दा हाल चीन र ताइवानबीच तनाव बढेको छ।

रिपोर्टका अनुसार आईफोन निर्माता कम्पनी एप्पल ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेड (टीएसएमसी) को प्रमुख ग्राहक हो। यो कम्पनीले आईफोनको चिप चीनमा आपूर्ति गर्छ, जहाँ आईफोन एसेम्बल हुन्छ।

यस्तो अवस्थामा चीन र ताइवानबीच बढ्दो तनावपछि आइफोनको हार्डवेयरलाई ताइवानमा नै फिर्ता पठाउन सकिने बताइएको छ जसले गर्दा आइफोन १४ को उत्पादन सुस्त हुने र यसको लन्चिङमा ढिलाइ हुने बताइएको छ।

यसपटक मिनी मोडललाई लाइनअपमा समावेश नगर्ने जानकारी केहि दिनअघि आएको थियो । यसलाई ६.१ इन्चको स्क्रिनको साथ स्ट्याण्डर्ड आईफोन १४ र ठूलो स्क्रिन (६.७-इन्च) भएको आईफोन १४ म्याक्सले प्रतिस्थापन गर्नेछ। सिरिजमा ६.१ इन्चको स्क्रिन भएको आईफोन १४ प्रो र ठूलो (६.७ इन्च) स्क्रिन भएको आईफोन १४ प्रो म्याक्स को मानक मोडल पनि हुनेछ।

एप्पलले पहिले नै आफ्नो ताइवानी साझेदारहरूसँग वार्ता गरिरहेको छ र “मेड इन ताइवान” वा “चीन गणतन्त्र” को सबै लेबल हटाइयोस् वा प्रतिस्थापन गर्न अनुरोध गरेको छ।

यस बाहेक विश्लेषक मिङ-ची कुओका स्रोतहरूले फक्सकनको भारतीय कारखानाबाट ६.१ इन्चको आईफोन १४ इकाइहरू बाहिर आउने दाबी गर्छन्। एप्पलले पहिलो पटक आफ्नो उत्पादनलाई कडाईका साथ विविधिकरण गरिरहेको बताईएको छ।

easy care

प्रकाशित: २३ श्रावण २०७९, सोमबार