युट्युबबाट अनुपयुक्त विज्ञापन हटाउन साउदी अरेबियाको आग्रह

Technology Khabar ९ श्रावण २०७९, सोमबार

युट्युबबाट अनुपयुक्त विज्ञापन हटाउन साउदी अरेबियाको आग्रह

काठमाडौं ।

साउदी अरेबिया सरकारले युट्युबबाट अनुपयुक्त विज्ञापन हटाउन आग्रह गरेको छ साउदी सरकारका अधिकारीहरूले गुगलको युट्युब साइटको व्यवस्थापनलाई ‘मूल्य र सिद्धान्तहरू विपरीत सामग्री’ हटाउन माग गरेको गिज्मो चाइनाले उल्लेख गरेको छ।

अडियो भिज्युअल मिडियाको जनरल प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि आयोगले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो माग गरिएको हो।

साथै दुई सरकारी नियकायले साउदी अरेबियामा ‘विभिन्न डिजिटल सामग्री प्लेटफर्म लागू हुने नियम र नियमनहरुको प्रतिबद्धता’ कायम गर्न प्रतिबद्ध रहेको छ।

विज्ञप्तिमा थपिएको छ, ‘फलो-अपको आधारमा यो सूचित गरिन्छ कि युट्युब प्लेटफर्मले राज्य भित्रका आफ्ना प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विज्ञापनहरु प्रदर्शन गरेको थियो। जसमा इस्लामिक र सामाजिक मूल्य र सिद्धान्तहरुको विरोधाभासपूर्ण प्रसारण सामग्री समावेश गरिएको छ। राज्यमा युट्युब प्लेटफर्मले मिडिया सामाग्री नियन्त्रण नीति उल्लंघन गरेको थियो।’

दुई निकायले युट्युब प्लेटफर्मलार्य यी विज्ञापनहरु हटाउन र नियम पालना गर्न भनेको छ।

easy care

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार