रेड म्याजिक गेमिङ मनिटर, किबोर्ड र माउस सार्वजनिक

Technology Khabar २८ असार २०७९, मंगलवार

रेड म्याजिक गेमिङ मनिटर, किबोर्ड र माउस सार्वजनिक

काठमाडौं ।

नुबियाले रेड म्याजिक गेमिङ मनिटर, किबोर्ड र माउस सार्वजनिक गरेको छ।

नुबियाले भर्खरै रेड म्याजिक ७ एस सिरिज अन्तर्गत रेड म्याजिक ७ एस र रेड म्याजिक ७ एस प्रो स्मार्टफोन सार्वजनिक गरेको थियो।

अहिले नुबियाले उच्चकोटीको फिचरयुक्त गेमिङ मनिटर सार्वजनिक गरेको छ।

२७ इन्चको १६० गिगाहर्ज मिनीएलईडी प्यानलसहित ३८४०x२१६० रेजोल्युशन र १७८ डिग्री भ्यू एंगल रहेको जीएसएमएरिनाले जनाएको छ।

मनिटरले एचडीआर भिडियो सपोर्ट गर्छ भने यसको अधिक ब्राइटनेस १ हजार निटसम्म रहेको छ।

मनिटरमा अटोमेटिक समायोजन हुने मोडका साथै अल्ट्रा हाइ फ्रिक्वेन्सी पीडब्ल्यूएम डिमिङ र एएमडी फ्रिसिंक प्रिमियम प्रो सपोर्ट गर्ने लगायत फिचर रहेका छन्।

मनिटर फोरके वायरलेस प्रोजेक्सन, फोरके र टूके गरी तीन मोडलमा उपलब्ध छ।

रेड म्याजिक किबोर्डको माथिल्लो स्थानमा एलईडी डिस्प्लेका साथ पूर्ण आकारको मेकानिकल दिइएको छ।

ब्राण्डले टीटीसीसँगको सहकार्यमा जडित स्पीड सिल्भर स्विचले छोटो प्रतिक्रिया समयमा सटिक गेम प्ले इन्पुट गर्छ।

रेड म्याजिक माउस २.४ गिगाहर्जको वायरलेस माउसको रुपमा रहेको छ। माउसले ३३९५ सेन्सर, २६ हजार डीपीआई र जीएम८.० माइक्रो स्विच गर्न सक्षम छ।

ब्लूटुथ पनि सपोर्ट गर्ने माउस तीन कनेक्सन मोडमा उपलब्ध छ। अन्य दुई मोडलहरु सिल्भर विङ एडिसन र रेड म्याजिक एडिसन रहेका छन्।

easy care

प्रकाशित: २८ असार २०७९, मंगलवार