आईएसपीले हर्मिट स्पाइवेयर फैलाउन सहयोग गरेको गुगलको आरोप

Technology Khabar १७ असार २०७९, शुक्रबार

आईएसपीले हर्मिट स्पाइवेयर फैलाउन सहयोग गरेको गुगलको आरोप

काठमाडौं ।

गुगलले हालै इटली र कजाख्स्तानमा भेटिएको एन्ड्रोइड र आईओएस यूजरका डाटा चोर्ने हर्मिट स्पाइवेयर फैलाउन इन्टरनेट सेवा प्रदायकहरुको भूमिका रहेको आरोप लगाएको छ।

बिहीबार कम्पनीको थ्रेट एनालिस्ट ग्रुपले इटलीमा रहेको व्यावसायिक स्पाइवेयर भेन्डर आरसीएस ल्याबसम्बन्धी रिपोर्ट सार्वजनिक गरेको थियो।

जुन १६ मा लूकआउटका सुरक्षा अनुसन्धाताले आरसीएस ल्याबलाई हर्मिटसँग जोडेका थिए। हर्मिट इटलीका अधिकारीहरुले पहिलो पटक सन् २०१९ मा भ्रष्टाचार विरोधी अभियानका रुपमा परिचालन गरेको बताइन्छ।

लूकआउटले आरसीएस ल्याबलाई इजरायलको पेगासस निर्माता एनएसओ ग्रुपजस्तै भएको बताएको छ। विभिन्न देशका सरकारहरुले अभियन्ता तथा पत्रकारको निगरानीका लागि पेगासस स्पाइवेयर प्रयोग गर्न थालेपछि यस्ता व्यावसायिक स्पाइवेयर भेन्डर हालका दिनमा कडाईमा परेका छन्।

गुगलका अनुसार हर्मिट स्पाइवेयरले एन्ड्रोइड र आईओएस दुवै डिभाइसलाई असर गर्न सक्छ। केही अवस्थामा कम्पनीका अनुसन्धाताले आईएसपीलाई लक्षित गरी यूजरको इन्टरनेट कनेक्शन काटिदिने सम्म गरेको भेटेका इन्ग्याजेटले उल्लेख गरेको छ।

त्यसपछि उक्त स्पाइवेयरले लक्षित यूजरलाई इन्टरनेट कनेक्सन पुन: सञ्चालन गर्न एउटा सफ्टवेयर डाउनलोड गर्ने लिंक पठाउने गरेको गुगलको भनाइ छ।

यसले काम नगरेको खण्डमा ह्वाट्सएप वा इन्स्टाग्रामजस्ता मेसेजिङ एपका रुपमा पनि उक्त हर्मटि स्पाइवेयर फैलाउने गरेको पाइएको छ।

easy care

प्रकाशित: १७ असार २०७९, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार