शक्तिशाली ब्याट्री ब्याकअप र सेक्युरिटी अपडेटको साथ नोकिया जी २१ नेपालमा

Technology Khabar २ असार २०७९, बिहीबार

शक्तिशाली ब्याट्री ब्याकअप र सेक्युरिटी अपडेटको साथ नोकिया जी २१ नेपालमा

काठमाडौं ।

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ।

सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तीन दिनसम्म टिक्ने ब्याट्री लाईफे छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने,”मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन्।प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ।

बनावट मात्र बलियो नभै यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ। ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलएको आभास हुन्छ।”

मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा
महत्त्वपूर्ण डाटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ।

एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन्।

बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्री लोडेड स्पोर्टीफाइ र एक्सप्रेस भीपीएन सहित आउने यस फोनमा उपभोक्ताहरुले ७० मिलियनसम्म गीतहरु र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ।

साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरुको लागि एक्सप्रेस भीपीएन ३० दिनको ट्राएल पिरियडसम्म निःशुल्क उपलब्ध छ।

दिनभरि सक्रिय रहनको लागि लामो ब्याट्री ब्याकअप

३ दिनको ब्याट्री ब्याकअपको साथ आउने यो फोनेले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनु पर्ने झन्झट र तनाव बाट मुक्त गरिदिएको छ। चाहे परिवारसँग रमाइलो पलहरु कैद गर्न होस् वा आफुलाई मनपर्ने कार्यक्रमहरू हेर्न होस् नोकिया जी २१ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ।

आफ्नो ब्याट्री लामो समय सम्म विस्तार गर्नको लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्नुहोस् र आवश्यकता अनुसार नोकिया जी २१ मा भएको यो सुविधा जुनसुकै बेला अन गर्न सक्नुहुन्छ।

साथै जति खेर पनि सुइच् गर्न सकिने सुपर ब्याट्री सेभर मोडमा आफुलाई चाहिने फिचरहरु मात्र चलाएर तिन दिन भन्दा पनि धेरै लामो समय सम्म ब्याट्री बचाउन सकिन्छ।

उत्पादकता वृद्धिको लागि फास्ट रेस्पोन्स्

जी-सिरिजमा पहिलो पटक ९० गिगाहर्जको पावर सहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ।

नोकिया जी २१ सँग उत्कृष्ट फोटोग्राफी

भर्साटाएल ट्रिपल-लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ। कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जूम क्वालिटी प्रदान गर्दछ।

नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिश मजबूती भएको

नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेकोछ । फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरुमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ।

सबै भन्दा राम्रो कुरा त यो फोन पूर्णतय रिसाइकल गरिएको सामानहरु बाट बनेको छ र बिग्रे पछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ।

मूल्य र उपलब्धता

६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ। ब्ल्यू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २ असार २०७९, बिहीबार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार