लुम्बिनी प्रदेश: सबै सरकारी निकायको सूचना एउटै मोबाइल एपबाट दिइने

Technology Khabar २ असार २०७९, बिहीबार

लुम्बिनी प्रदेश: सबै सरकारी निकायको सूचना एउटै मोबाइल एपबाट दिइने

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतका निकायहरुको सूचना तथा तथ्याङ्कहरुको विद्युतीय अभिलेखीकरण एवम् सो को सुरक्षाका लागि डाटा सेन्टर बनाउन ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णराज खड्काले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा सूचना प्रविधि क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्याइएको जानकारी दिएका हुन्।

‘डिजिटल प्रदेशको आधार: हात हातमा प्रदेश सरकार’ अभियान अन्तर्गत प्रदेश सरकारका सबै निकायहरुको सूचना तथा अभिलेख एउटै मोबाइल एप तयार गरी सञ्चालनमा ल्याइने भएको छ।

डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेश गुरुयोजना तयार गरी सबै सूचना डाटा सेन्टरमा विद्युतीय रुपमा अभिलेखीकरण गर्ने प्रदेशको योजना रहेको छ।

यसबाहेक प्रदेशले विभिन्न अस्पाताल, बसपार्क, रिफ्रेश सेन्टर धार्मिक स्थाल लगायतका सार्वजनिक स्थालहरुमा निशुल्क वाईफाईको व्यवस्था पनि गर्ने भएको छ।

easy care

प्रकाशित: २ असार २०७९, बिहीबार