पहिलो त्रैमासमा सामसङ स्मार्टफोन चिप बजारमा चौथो नम्बरमा

Technology Khabar ३० जेष्ठ २०७९, सोमबार

पहिलो त्रैमासमा सामसङ स्मार्टफोन चिप बजारमा चौथो नम्बरमा

काठमाडौं ।

सामसङ कम्पनी यो वर्षको चौथो त्रैमासमा स्मार्टफोन चिपको बजारमा चौथो स्थानमा रहेको छ।

यो सूचीमा सबैभन्दा अगाडि क्वालकम त्यसपछि एप्पल तथा मिडियाटेक रहेका छन्।

हालै काउन्टरपार्ट रिसर्चले निकालेको एउटा रिपोर्टअनुसार सामसङले २०२२ को पहिलो त्रैमासमा विश्वको चिप बजारको ७ प्रतिशत हिस्सा मात्र ओगट्न सकेको छ।

क्वालकमले ४४ प्रतिशत हिस्साका साथ पहिलो स्थानमा रहन सफल भएको छ भने एप्पल र मिडियाटेकको बजार हिस्सा क्रमश: २६ र १९ प्रतिशत रहेको साममोबाइल डटकमले जनाएको छ।

यसैगरी यूनिसोकले ३ प्रतिशत बजार हिस्सा ओगटेको पाइएको छ भने अमेरिकाले प्रतिबन्ध लगाएको ह्वावेको १ प्रतिशत मात्र रहेको पाइएको छ।

उक्त रिपोर्टमा एक्जिनोस १२८० का कारण सामसङले अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा निकै प्रगति ‍गरेको छ। तर सामसङले यो वर्ष आफ्ना अधिकांश ग्यालेक्सी डिभाइसहरुमा स्न्यापड्रागन चिपसेट राखेकाले क्वालकमभन्दा निकै पछि परेको छ।

विभिन्न रुमरहरुका अनुसार सामसङ हाल फ्ल्यागशिप ग्यालेक्सी स्मार्टफोनहरुका लागि कस्टम चिपसेट बनाउन लागिपरेको छ। कम्पनीले १ हजार जना इन्जिनीयरहरुको एउटा टोली बनाएर चिपसेटमा काम गराइरहेको र यसलाई २०२५ मा आउने ग्यालेक्सी एस२५ मा आउने बताएको छ।

easy care

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार