सामसङले वन यूआई ४.१.१ यसै वर्ष ल्याउने

Technology Khabar २४ जेष्ठ २०७९, मंगलवार

सामसङले वन यूआई ४.१.१ यसै वर्ष ल्याउने

काठमाडौं ।

सामसङले आफ्नो वन यूआई ४.१.१ यसै वर्षभित्र ल्याउने भएको छ।

कम्पनीले यसअघि ग्यालेक्सी एस२२ सिरिज आएको समय फेब्रुअरीमा वन यूआई ४.१ सफ्टवेयर सार्वजनिक गरेको थियो।

अहिले भने कम्पनीले यसको अपडेटेड भर्सन अर्थात् वन यूआई ४.१.१ ल्याउने जानकारी गराएको हो।

यसका बारेमा केही समयपछि यो वर्षको फोल्डेबल डिभाइस आउने बेलामा विस्तृत जानकारी आउन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

नयाँ भर्सनको नाम सामसङ सपोर्टका एजेन्टले पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङले वन यूआई ३.१ बाट ३.१.१ बनाए झैं ४.१ बाट ४.१.१ नाममा अपडेट गरेको बुझिएको छ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार