रियलमी जीटी नियो ३टी आगामी जुन ७ मा आउँदै

Technology Khabar १७ जेष्ठ २०७९, मंगलवार

रियलमी जीटी नियो ३टी आगामी जुन ७ मा आउँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमले आफ्नो जीटी नियो ३टी स्मार्टफोन आगामी जुन ७ मा सार्वजनिक गर्ने भएको छ।

हालै उक्त ब्राण्डले एउटा आधिकारिक जानकारी पोस्ट गर्दै जीटी निओ ३टी का साथमा जीटी निओ ३ पनि उक्त दिन अनावरण हुने प्रस्ट्याएको हो।

उक्त कार्यक्रम उक्त दिन बिहान ८:३० जकार्ता टाइममा यूट्युब ता ट्विटरमा लाइभस्ट्रिम गरिने बुझिएको छ।

रियलमी जीटी नियो ३टीमा क्वालकमको स्न्यापड्रागन ८७० चिपसेटका साथमा ६.५ इन्चको एमोलेड डिस्प्ले रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसमा यसअघिको नियो ३ भन्दा फरक बायाँपट्टिको कुनामा पन्चहोल कट आउट रहने बताइएको छ।

यसमा चार्जिङ सपोर्ट के कस्तो हुनेछ भन्नेबारे केही खुलाइएको छैन।

easy care

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार