रेडमी नोट ११टी सिरिज आगामी मे २४ मा सार्वजनिक हुँदै

Technology Khabar ६ जेष्ठ २०७९, शुक्रबार

रेडमी नोट ११टी सिरिज आगामी मे २४ मा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो नोट ११टी स्मार्टफोन आगामी मे २४ मा सार्वजनिक गर्ने भएको छ।

यो डिभाइस उक्त दिन चीनमा सार्वजनिक हुने र उक्त इभेन्ट स्थानीय समयअनुसार ७ बजे शुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

रेडमीको आधिकारिक वेबो ह्याण्डलमार्फत् यो सिरिजका केही विवरण बाहिरिएका छन्। विवरण अनुसार ११टी प्रो, ११टी प्रो+ तथा भ्यानिला रेडमी नोट ११टी रहने बुझिएको छ।

हालै बाहिर आएको नयाँ टिजरमा ११टी प्रो+ मा पछाडि ट्रिपल क्यामरा सेटअप रहने देखिएको छ।

शाओमीले उक्त फोनमा फ्ल्यागशिप स्तरको एलसीडी प्यालनका साथमा डाइमेन्सिटी ८१०० चिपसेट रहने बुझिएको छ।

यो चिप नोट ११टी प्रो तथा ११टी मा पनि प्रयोग हुने अपेक्षा गरिए पनि आगामी दिनहरुमा आउने टिजरमा अझ जानकारीहरु स्पष्ट हुने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार