आईफोन बन्द हुँदा पनि ह्याक हुन सक्ने जोखिम: अनुसन्धाता

Technology Khabar ४ जेष्ठ २०७९, बुधबार

आईफोन बन्द हुँदा पनि ह्याक हुन सक्ने जोखिम: अनुसन्धाता

काठमाडौं ।

सुरक्षा अनुसन्धाताहरुले आईफोन बन्द गरेको बेला पनि दुरुपयोग गर्न सकिने जोखिम पाइएको बताएका छन्।

यो जोखिम आईओएस १५ मा देखिएको र यसले फाइन्ड माइ फिचरलाई डिभाइस अफ गरेको घण्टौंसम्म पनि काम गरिरहने बनाउने एयरभर्स डटकमले उल्लेख गरेको छ।

यो जोखिम रहेका डिभाइसमा अफ गरिसकेपछि विशेषगरी ब्लूटूथका लागि चिप, एनएफसी तथा अल्ट्रा वाइडब्याण्ड फिचर लो पावर मोडमा चलिरहने पाइएको छ।

लो पावर मोडको समीक्षा गर्ने क्रममा विश्वविद्यालयको अनुसन्धान टोलीले ब्लूटूथ लो पावर मोड फर्मवेयर साइन वा इन्क्रिप्ट नगरिएको पाएका थिए।

तर उक्त टोलीले यो फर्मवेयर मालवेयर सञ्चालनका लागि मोडिफाइ गर्न सकिने र यसो भएको खण्डमा हमलाकारीलाई आईफोन जेलब्रेक गर्न तथा सिस्टम लेभल पहुँच गर्न सहज हुने चेतावनी दिएका समाचारमा उल्लेख छ।

पर्मिशन दिइसकिएको खण्डमा ब्लूटूथ चिपमार्फत् धेरै कुराहरु तोडमोड गर्न सकिन्छ। अनुसन्धाताहरुले यसबारेमा तुरुन्तै एप्पललाई खबर गरे पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको एयरभर्सले जनाएको छ।

सुरक्षा अनुसन्धाता र्यान डफले भने, ‘अतिरिक्त दुरुपयोग नभएको अवस्थामा ह्याकरले यसैमार्फ्त एक्लै सफल हमला गर्न सक्दैन।’

तर उनले ह्याकरले ब्लूटूथ चिपमाथि नियन्त्रण पाएर फर्मवेयर नै मोडिफाइ गर्न सकेको खण्डमा भने समस्या आउन सक्ने सुझाए।

easy care

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार

ताजा समाचार