एप्पलमा समस्या: आईफोनमा म्यूजिक होमस्क्रीनको सट्टा डकमा इन्स्टल हुँदै

Technology Khabar २४ बैशाख २०७९, शनिबार

एप्पलमा समस्या: आईफोनमा म्यूजिक होमस्क्रीनको सट्टा डकमा इन्स्टल हुँदै

काठमाडौं ।

एपलमा हालै म्यूजिक बगको समस्या देखिएको छ।

रिपोर्टहरुका अनुसार एप्पल म्यूजिक आईओएस एप डाउनलोड गरेपछि होम स्क्रीनमा इन्स्टल हुनुको सट्टा आईफोन डकमा इन्स्टल भएको छ।

यति मात्र नभई यूजरले पहिलेदेखि नै डकमा सेट गरेका म्यूजिकलाई पनि हटाइदिएको छ।

केही यूजरले उक्त बगले एप्पल म्यूजिकलाई डिफल्ट म्यूजिकका हिसाबले सेट गरिदिएको गुनासो पनि गरेका भास्कर डटकमले उल्लेख गरेको छ।

यो बग के कारणले आएको हो भन्ने यकिन नभएको जनाइएको छ। तर डकसम्बन्धी समस्या पुराना तथा नयाँ आईओएस १५ का थुप्रै भर्सनमा देखिएको छ।

स्पोटीफाई एप पनि आफसेआफ हटायो

आईओएस डेभलपर केभिन आर्चरले पहिलो पटक एप्पल म्यूजिकमा आइरहेको यस प्रकारको समस्या पहिचान गरेका थिए। यसपछि उनले यसको भिडियो ट्विटरमा शेयर गरेका थिए।

उक्त भिडियोमा बगले पहिलेदेखि रहेको स्पोटीफाई एपलाई हटाएर कसरी एप्पल म्यूजिक सेट गरिदियो भन्ने देखाइएको छ।

easy care

प्रकाशित: २४ बैशाख २०७९, शनिबार