स्लाइडिङ डिस्प्लेयुक्त सामसङ स्मार्टफोनलाई विपोको सर्टिफिकेशन

Technology Khabar ४ बैशाख २०७९, आईतवार

स्लाइडिङ डिस्प्लेयुक्त सामसङ स्मार्टफोनलाई विपोको सर्टिफिकेशन

काठमाडौं ।

सामसङको स्लाइडिङ डिस्प्लेयुक्त स्मार्टफोनलाई  विपोको सर्टिफिकेशन प्राप्त भएको छ।

सामसङले हालै रोलेबल वा स्लाइडेबल स्मार्टफोनको अवधारणा ल्याएको छ। रोलेबल भन्नाले सामान्यतया: आवश्यक परेको बेला बाहिर आउने मोटराइज्ड डिस्प्ले भन्ने बुझिन्छ भने स्लाइडेबल भन्नाले एमआई मिक्स ३ मा भए झैं स्लाइड हुनेलाई संकेत गर्दछ।

सामसङले हालै वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेशन विपोको वेबसाइटमा उक्त स्मार्टफोनको पेटेन्ट दर्ता गराएको गिजचाइनाले उल्लेख गरेको छ।

यो डिभाइस हाल कन्सेप्ट चरणमै रहेको र पेटेन्ट दर्तामार्फत् सामसङले यसमा काम गरिरहेको बुझ्न सकिन्छ।

पेटेन्टमा देखिएको फोटोमा यसको डिजाइन केही फरक खलको रहेको र स्लाइडिङ संयन्त्र रहेकाले यो डिभाइस लम्बाईमा निकै ठूलो देखिन्छ।

अनौठो कुरा भनेको यो डिभाइसमा सेल्फी क्यामरा दिइएको छैन। अथवा देखिने खालको क्यामरा उपलब्ध छैन।

पेटेन्टमा पन्चहोल वा नच दिइएको छैन। यस हिसाबले क्यामरा दिइएको खण्डमा प्यानलको भित्रपट्टि राखेर आउन सक्ने बुझिएको छ।

easy care

प्रकाशित: ४ बैशाख २०७९, आईतवार