भिडियोको विशेष भागमा इमोजी रियाक्ट गर्न मिल्ने फिचर परीक्षण गर्दै यूट्युब

Technology Khabar १५ चैत्र २०७८, मंगलवार

भिडियोको विशेष भागमा इमोजी रियाक्ट गर्न मिल्ने फिचर परीक्षण गर्दै यूट्युब

काठमाडौं ।

यूट्युबले कुनै पनि भिडियोको विशेष भागमा ईमोजीमार्फत् रियाक्ट गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको छ।

सामान्यतया: यूट्युब भिडियोहरुमा लाइक र डिस्लाइक गर्न सकिने तथा कमेन्ट लेख्न मिल्ने हुन्छ। तर यस्तो लाइक र डिस्लाइक तथा कमेन्ट पूरै भिडियोका लागि हुन्छ।

अहिले यूट्युबले गर्न लागेको परीक्षण भने भिडियोको कुनै विशेष भाग वा फूटेजमै रियाक्ट गर्न मिल्ने फिचर हो।

यूट्युबले परीक्षण गरिरहेको यो फिचरमार्फत् यूजरले भिडियोको विशेष क्षणमा समय हेरेर नै कमेन्ट राख्न सक्ने ९टू५गुगलले जनाएको छ।

तर यो फिचर हाल परीक्षणकै क्रममा रहेको र प्रयोगका लागि सार्वजनिक भने नभइसकेको अवस्थामा रहेको छ।

यूट्युबले यो फिचरमार्फत् अरु कसैले रियाक्ट गरेको नोटिफिकेशन भिडियो विन्डवको टाइमलाइनको ठिक माथि दिनेछ। तर रियाक्शन पठाउनेको पहिचान भने खुलाइँदैन। यसो हुँदा कसले रियाक्ट गर्यो भन्ने चाहिँ थाहा हुँदैन।

यूट्युबले यो फिचरका लागि थुप्रै रियाक्शनहरु परीक्षण गरिरहेको र अनुभवका आधारमा आवश्यक परे कुनै रियाक्शन थप्न वा घटाउन सकिने बताएको छ।

हालसम्म टियर्स अफ जोय, हार्ट, शक, पार्टी, उत्सव, १००%, प्रश्न चिह्न, लाइट बल्ब/आइडिया, तथा स्क्रिमिङ क्याटजस्ता रियाक्शनहरु परीक्षण भइरहेका ९टू५गुगलमा उल्लेख छ।

easy care

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार