नयाँ भर्सा, सेन्स तथा लक्स वेयरेबल ल्याउने तयारीमा फिटबिट

Technology Khabar १५ चैत्र २०७८, मंगलवार

नयाँ भर्सा, सेन्स तथा लक्स वेयरेबल ल्याउने तयारीमा फिटबिट

काठमाडौं ।

स्मार्ट वेयरेबल कम्पनी फिटबिटले नयाँ भर्सा तथा सेन्स स्मार्टवाचहरु ल्याउने तयारी गरेको छ।

सन् २०१९ मा गुगलले स्वामित्व खरिद गरेको फिटबिटको सम्झौताले अन्तिम रुप पाउन २ वर्ष लागेको थियो। तर यो सम्झौताले अन्तिम रुप लिए पनि फिटबिटले वेयर ओएस प्रयोग गरिनसकेको हालैका चर्चाहरुबाट बुझिएको छ।

चर्चा अनुसार फिटबिटले छिट्टै तीन ओटा डिभाइस ल्याउँदै गरेको र तीमध्ये कुनैमा पनि वेयर ओएस प्रयोग नभएको बताइएको छ।

९टू५गुगलका अनुसार फिटबिट भर्सा ४ तथा फिटबिट सेन्स २ स्मार्टवाचका साथमा फिटबिट लक्स २ ब्याण्ड आउँदै गरेका र यी सबैमा फिटबिटको आफ्नै ओएस प्रयोग गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

भर्सा तथा सेन्स वाचहरु फिटबिट एपमा क्रमश: हेरा र रिया कोडनेममा राखिएका छन्। यी दुवैको रेजोल्युशन पहिलेका भर्सनहरुमा झैं ३३६x३३६ पिक्सेलका रहेका छन्।

यस्तै फिटबिट लक्सको रेजोल्युशन भने यसअघिको लक्सको जस्तै १२४x२०८ पिक्सेलको रहेको जीएसएमएरिनाले लेखेको छ।

स्रोतका अनुसार यी डिभाइसमा ब्रिज नामक सफ्टवेयर रहेको छ जसले ब्लूटूथमार्फत् डाटा ट्रान्सफर गर्दछ। वेयर ओएसले भने फोनसँग सञ्चार गर्नका लागि अन्य तरिका अपनाउने बताइएको छ।

easy care

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार