फाइभजी गुरुयोजनाका लागि परामर्श गर्न चार कम्पनी सर्टलिस्ट, प्रयोग हुनसक्ने क्षेत्रहरुबारे सुझाब लिईने

Technology Khabar १३ चैत्र २०७८, आईतवार

फाइभजी गुरुयोजनाका लागि परामर्श गर्न चार कम्पनी सर्टलिस्ट, प्रयोग हुनसक्ने क्षेत्रहरुबारे सुझाब लिईने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले भर्टिकल क्षेत्रहरुमा फाइभजीको गुरुयोजनाको कार्यान्वयन र प्रचार गर्न आवश्यक परामर्श सेवा लिनका लागि चार कम्पनीहरुलाई सर्टलिस्ट गरेको छ।

प्राधिकरणले आगामी दिनमा फाइभजी नेटवर्क तथा सेवाले लाभ दिनसक्ने क्षेत्रहरुको बारेमा पहिचान गर्न र त्यसमा नीति बनाउनका लागि सहयोग गर्नका लागि परामर्शदाता छनोट गर्न लागेको हो।

सोहीअनुसार प्राधिकरणले टेलिग्लोब सोसुसन्स प्रालि र एम-टेल सोसुसन्स प्रालि संयुक्त उपक्रम (Teleglobe Solutions Pvt. Ltd & M-Tel Solutions Pvt. Ltd J/V) , ट्यान्जेन्ट कन्सल्ट्यान्ट ग्रुप प्रालि(Tangent Consultant Group Pvt. Ltd), इन्क्लुसिभ-एभरेष्ट जेभी (Everest Telecom and IT Solutions Pvt. Ltd.-Inclusive Consultants Pvt. Ltd. J/V) र महारुद्र-एक्जुक्यूटिभ जेभी (Maharudra Group Private Limited- Executive Consulting Engineering and Planner J/V) सर्टलिस्ट गरेको हो।

प्राधिकरणले यसको लागि गत पुस ९ गते आयश पत्र माग गरेको गरेको थियो। र सोहीअनुसार चार कम्पनी छनोट भएका हुन् । अब प्राधिकरणले यी चार मध्ये उत्कृष्ट एक ज्वाइन्ट भेन्चरलाई छनोट गरेर सो परामर्शको जिम्मा दिनेछ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले छनोट हुने कम्पनीले आगामी दिनमा ५जीको प्रयोग हुनसक्ने क्षेत्रहरुमा प्राधिकरण र सरकारले गर्नुपर्ने कामहरुका साथै अन्य जानकारी बारे परामर्श दिनेछ।

“यो सरकारको लागि एक किसिमको ५जी नीति जस्तै बनाउन परामर्शदाता खोजेको हो। उनीहरुले ५जीले अन्य क्षेत्रहरुमा कस्तो फाइदा हुनसक्दछ र सरकारले के गर्नुपर्नेछ भनेर सुझाब दिनेछन्,” निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने, “कृषि, स्वास्थ्य, औद्योगिक उत्पादन जस्ता विभिन्न क्षेत्रमा ५जीको उपयोग र फाइदा लिने बारेमा हेर्नेछौं।”

उनकाअनुसार सोही सुझाबको आधारमा प्राधिकरणले ५जीको उपयोग नीति र कार्यक्रमहरु निर्धारण गर्न सक्नेछ।

प्राधिकरणले गत साउन महिनामा नै फाइभजीसहितका नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि ल्याएको थियो। त्यस्तै सरकारले नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिने निर्णय गरेसँगै प्राधिकरणले परीक्षणका लागि समेत फ्रिक्वेन्सी दिइसकेको छ। तर कम्पनीले अझै सेवा शुरु गर्ने प्रक्रिया अगाडि बढाउन सकेको छैन्।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्त नहुनु र काकार्यवाहक प्रबन्ध निर्देशक मात्र हुँदा फाइभजी बारे महत्वपुर्ण निर्णयहरु हुन सकेको छैन्। कम्पनीले सो विषयमा टेण्डरको लागि छलफल र प्रकृयागत कार्यहरु भईरहेको जानकारी मात्र दिँदै आएको छ।

easy care

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

ताजा समाचार