रुसी ह्याकरले अमेरिकालाई लक्षित गरिरहेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

Technology Khabar ९ चैत्र २०७८, बुधबार

रुसी ह्याकरले अमेरिकालाई लक्षित गरिरहेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार रुसी साइबर हमलाकारीले अमेरिकालाई लक्षित गरिरहेको बताएका छन्।

बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले रुसले अमेरिकाविरुद्ध ती हमलाहरु परिचालन गरे पनि अमेरिकाले यस्ता गतिविधि रोक्न आवश्यक हरेक उपाय र उपकरणको प्रयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

रुसले यूक्रेनमाथि हमला गरेपछि उसमाथि लगाइएको प्रतिबन्धको प्रतिकार मस्कोले गर्न नसक्ने पनि बाइडेनले बताए।

रुसको विदेश मन्त्रालयले मस्को र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धमा अब दरार आउने अवस्थामा पुगेको पनि चेतावनी दिए।

उनले यस अघि फेब्रुअरी २४ मा रुसबाट सम्भाव्य साइबर हमला हुनसक्ने चेतावनी दिँदै आफूहरु त्यसको जवाफका लागि तयारी हालतमा रहेको बताए थिए।

गत सोमबार बाइडेनले इन्टेलिजेन्सको प्रविधि उद्विकास भइरहेको र रुस सरकारले यसका विकल्पहरु अध्ययन गरिरहेको अमेरिकाको बुझाइ रहेको बताएका थिए।

easy care

प्रकाशित: ९ चैत्र २०७८, बुधबार