अन्तरिक्षमा स्याटेलाइट पठाउन वनवेबद्वारा स्पेसएक्ससँग साझेदारी

Technology Khabar ८ चैत्र २०७८, मंगलवार

अन्तरिक्षमा स्याटेलाइट पठाउन वनवेबद्वारा स्पेसएक्ससँग साझेदारी

काठमाडौं ।

वनवेबले अन्तरिक्षमा स्पेसएक्ससँग सहकार्य गर्ने भएको छ। यो सहकार्य अनुसार वनवेबले आफ्ना रोकिएका स्याटटेलाइट प्रक्षेपण फेरि शुरु गर्न सक्नेछ।

यसै महिनाको शुरुवातमा रुसको बैकोनर कस्मोड्रोम लञ्चप्याडबाट प्रक्षेपण हुनुपर्ने वनवेबका ३ दर्जन स्याटेलाइटको प्रक्षेपण स्थगित गरिएको थियो।

रुसी अन्तरिक्ष एजेन्सीले वनवेबलाई ती स्याटेलाइटहरु सैन्य उद्देश्यका लागि प्रयोग नहुने ग्यारेन्टी गर्न दबाब दिएकोले ती प्रक्षेपण स्थागित भएको जेडडीनेटले उल्लेख गरेको छ।

रुसी अन्तरिक्ष नियोग रोस्कस्मसले पनि बेलायत सरकारले आफ्ना सबै शेयर वनवेबलाई नबेचेसम्म ती स्याटेलाइटहरु प्रक्षेपण गर्न अस्विकार गरिएको बताएको छ।

बेलायत सरकारले वनवेबलाई सन् २०२० मा ५० करोड डलरमा किनेको थियो।

तर अब भने नयाँ सम्झौताअनुसार स्पेसएक्सले वनवेबको स्याटेलाइट प्रक्षेपण गर्ने बुझिएको छ। उक्त प्रक्षेपणपछि वनवेबको अक्षमा रहेका स्याटेलाइटको सङ्ख्या ४२८ पुग्ने जेडडीनेटले जनाएको छ।

‘हामी स्पेसएक्सलाई समर्थनका लागि धन्यवाद दिन चाहन्छौं। यसबाट हाम्रो अन्तरिक्षको सीमाविहीन सम्भाव्यताको दूरदृष्टि झल्किन्छ’, वनवेबका सीईओ नील मास्टर्सनले भने।

easy care

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार