चीनको वेयरेबल डिभाइसहरूको ढुवानी सन् २०२१ मा २५.४ प्रतिशतले वृद्धि

Technology Khabar ८ चैत्र २०७८, मंगलवार

चीनको वेयरेबल डिभाइसहरूको ढुवानी सन् २०२१ मा २५.४ प्रतिशतले वृद्धि

काठमाडौं ।

विश्वव्यापी बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) द्वारा प्रकाशित एक उद्योग प्रतिवेदनअनुसार गत वर्ष चीनको पहिरन योग्य अर्थात वेयरेबल डिभाइसहरूको ढुवानी बढेको छ।

सन् २०२१ मा, वेयरेबल उपकरणहरूको कुल ढुवानी वार्षिक रूपमा २५.४ प्रतिशत बढेर लगभग १४ करोड एकाइमा पुगेको प्रतिवेदनमा उल्लेख भएको सिन्ह्वाले जनाएको छ।

तथ्यांकलाई ब्रेकडाउन गर्दा, चिनियाँ बजारमा कानमा लगाउने यन्त्रहरूको ढुवानी २०२० बाट ५५.४ प्रतिशतले बढेर ७८.९८ मिलियन युनिटमा पुगेको छ, जबकि घडीहरूको संख्या २१.४ प्रतिशतले बढेर ३९.५६ मिलियन युनिट पुगेको छ।

तर, रिस्टब्यान्डको ढुवानी गत वर्षको तुलनामा २६.३ प्रतिशतले घटेर १९.१ मिलियन युनिटमा झरेको छ।

रिपोर्टकाअनुसार देशको वेयरेबल डिभाइस शिपमेन्ट २०२२ मा १८.५ प्रतिशत बढेर १६ करोड मिलियन एकाइमा पुग्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार