एप्पलले चार्जर र इयरपड हटाएर साढे ६ अर्ब डलर डलर बचायो

Technology Khabar २ चैत्र २०७८, बुधबार

एप्पलले चार्जर र इयरपड हटाएर साढे ६ अर्ब डलर डलर बचायो

काठमाडौं ।

एप्पलले आईफोनको बक्समा चार्जर र इयर पड हटाएर साढे ६ अर्ब डलर बचाएको एक रिपोर्टले देखाएको छ।

एप्पलले सन् २०२० मा वातावारणमैत्री हुने बताउँदै अबदेखि आईफोनको बक्समा चार्जर र इयर पड नहुने घोषणा गर्दा धेरैजना आश्चर्यचकित भएका थिए।

कम्पनीले यसलाई कार्यान्वयनमा ल्यायो र यी दुवै चिज हटाउँदा बक्सको आकार सानो हुने र शिपमेन्टका बेला अन्य सामान अट्न सक्ने पनि उसको अनुभव रह्यो।

यसबाट एक पटकमा धेरै आईफोनहरु शिपिङ गर्न सकिने र परिणामस्वरुप बर्सेनि २० लाख मेट्रिक टन कार्बन उत्सर्जन कम गर्न सकिने कम्पनीलाई उद्धृत गर्दै फोनएरिनाले उल्लेख गरेको छ।

कार्बन उत्सर्जनको यो आँकडा ५ लाख कारहरुलाई सडकबाट हटाउनु बराबर रहेको बुझिएको छ।

एप्पलको यो तरिकालाई पछि सामसङ तथा गुगललगायत ठूला कम्पनीहरुले पनि अनुसरण गरे। वातावरणीय हिसाबले भनिए पनि यी दुई डिभाइस आईफोनको बक्सबाट हटाउनु कम्पनीको मितव्ययितासँग पनि जोडिएको छ।

एप्पलले यो कुरा आफ्नो पहिलो फाइभजी आईफोन १२ सिरिजबाट शुरु गरेको र यसो गर्नुमा फाइभजी मोडमका लागि लागेको अतिरिक्त रकम उठाउनु रहेको पनि एकथरीको बुझाई थियो।

डेलीमेलका अनुसार बक्सबाट चार्जर र एयर पड हटाएपछि एप्पलले हालसम्म ५ अर्ब यूरो बचाएको आकलन गरिएको छ जुन आँकडा डलरमा परिवर्तन गर्दा साढे ६ अर्ब डलर हुन आउँछ।

यी दुई डिभाइस हटाए पनि एप्पलले सेटको मूल्य घटएन भने थुप्रै आईफोन प्रयोगकर्तासँग पुराना सेटमा आएका ५वाट चार्जर मात्र उपलब्ध भएकाले १९-१९ डलर थप हालेर २० वाट चार्जर र इयरपड लिनुपरेको थियो।

easy care

प्रकाशित: २ चैत्र २०७८, बुधबार

ताजा समाचार