गुगल अपडेटपछि मेसेजमा आईफोनबाट गरिएका रियाक्शन ईमोजीका रुपमा देखिने

Technology Khabar २७ फाल्गुन २०७८, शुक्रबार

गुगल अपडेटपछि मेसेजमा आईफोनबाट गरिएका रियाक्शन ईमोजीका रुपमा देखिने

काठमाडौं ।

गुगलको एन्ड्रोइड मेसेजिङ एपमा अपडेटपछि आईफोनबाट गरिएका रियाक्शनहरु ईमोजीका रुपमा देखिने भएका छन्।

गुगलले आफ्नो एन्ड्रोइड मेसेजिङ एपमा बिहीबार नयाँ अपडेट ल्याएको हो।

यो अपडेटपछि आईफोनबाट पनि एन्ड्रोइड डिभाइसमा झैं ईमोजीमार्फत् रियाक्शन गर्न सकिने कम्पनीको भनाई छ।

यो फिचर सबैभन्दा पहिले अंग्रेजी भाषामा रहेका एपहरुमा उपलब्ध हुने बुझिएको छ।

यस्तै गुगलको मेसेजेज एपबाट शेयर गरिएका भिडियोहरु पनि कुराकानीकै क्रममा गुगल फोटोजका रुपमा पठाउन सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको मतलब आईफोन प्रयोगकर्ताले कुनै पनि भिडियोको उच्च गुणस्तरको भर्सन गुगल फोटोजमार्फत् हेर्न सक्दछन्।

निकट भविष्यमा भिडियोजस्तै गरी फोटो पनि पठाउन सकिने समाचारमा उल्लेख छ।

easy care

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

ताजा समाचार