मिङ-चि कुओद्वारा नयाँ आईफोन एसईका केही विवरण सार्वजनिक

Technology Khabar २२ फाल्गुन २०७८, आईतवार

मिङ-चि कुओद्वारा नयाँ आईफोन एसईका केही विवरण सार्वजनिक

काठमाडौं ।

एप्पल विश्लेषक मिङ-चि कुओले आउँदै गरेको नयाँ आईफोन एसईका केही विवरण बाहिर ल्याएका छन्।

कम्पनीले आगामी मार्च ८ मा एउटा इभेन्ट आयोजना गरेर नयाँ आईप्याड एयर तथा निकै चर्चामा रहेको आईफोन एसई+ फाइभजी सार्वजनिक गर्ने योजना बनाएको छ।

उक्त नयाँ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर रहने र यो ए१५ बायोनिक चिप सहित आउने अपेक्षा गरिएको छ।

एप्पलले यी चर्चा परिचर्चाहरुलाई पहिले झैं पक्का नगरे पनि भरपर्दा विश्लेषक मिङ-चि कुओले भने यसका बारेमा आफ्नो धारणा बाहिर ल्याएका हुन्।

कुओले यसमा रहने ए१५ बायोनिक चिपका बारेमा केही प्रकाश पारेका छन्। यसबाहेक उनले यो डिभाइस ६४, १२८ तथा २५६ जीबी आन्तरिक स्टोरेजमा सेतो, कालो र रातो रंग संयोजनमा उपलब्ध हुने पनि उल्लेख गरेका जीएसएमएरिनाले लेखेको छ।

यसको डिजाइन भने यस अघि आएको आईफोन एसई २०२० को जस्तै हुने तर यसमा फाइभजी सपोर्टको फिचर रहने बताइएको छ।

कुओले आईफोन एसई २०२२ यसै महिना बृहत् उत्पादनमा जाने र एप्पलले लगभग साढे २ देखि ३ करोड थान स्मार्टफोन बनाउने पनि बताएका छन्।

easy care

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार