एमडीएमएसको भाका पटकपटक नसार्न दूरसञ्चार प्राधिकरणलाई सचिव अर्यालको आग्रह

Technology Khabar २० फाल्गुन २०७८, शुक्रबार

एमडीएमएसको भाका पटकपटक नसार्न दूरसञ्चार प्राधिकरणलाई सचिव अर्यालको आग्रह
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुन्ठ अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै क्षमता विकास गर्नुपर्ने बताएका छन्।

प्राधिकारणको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव अर्यालले प्राधिकरणसँग आर्थिक स्रोत उपलब्ध भएको तर अन्य क्षमताहरु भने विकास गर्नुपर्नेमा जवड दिएका हुन्।

सचिव अर्यालले प्राधिकरणमा धेरै कुराहरु परिवर्तन गर्नुपर्ने र गरिनुपर्ने देखिएको बताउँदै सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्नुपर्ने, सेवाको गुणस्तर सुधार गर्नुपर्ने, पहुँचमा वृद्धि सुलभदरमा गर्नुपर्ने र त्यसको लागि पूर्वाधार विकास आवश्यक हुने बताए।

कार्यक्रममा यसअघि अध्यक्ष पुरुषोत्तम खनालले वैशाखसम्ममा एमडीएमएस लागू हुने तर्क गरिरहँदा सचिव अर्यालले भने भाका सारेर वैशाख पुर्याइएको भन्दै यसको भाका पटकपटक नसार्न आग्रह पनि गरे।

easy care

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार