गुगल पिक्सेल वाच र पिक्सेल ६ए छिट्टै आउने संकेत

Technology Khabar १८ फाल्गुन २०७८, बुधबार

गुगल पिक्सेल वाच र पिक्सेल ६ए छिट्टै आउने संकेत

काठमाडौं ।

गुगलको पिक्सेल वाच छिट्टै सार्वजनिक हुने अवस्थामा छ।

एन्ड्रोइडपुलिसको रिपोर्ट अनुसार यो डिभाइस यसअघि नै अमेरिकी क्यारियरको इन्भेन्ट्रीमा सूचीकृत भइसकेको छ।

यसबाहेक पिक्सेल ६ए पनि त्यसै सूचीमा आबद्ध भएकाले यी दुवै स्मार्टवाचका विवरण तथा सार्वजनिक हुने मिति छिट्टै पत्ता लाग्न सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

उक्त सूचीमा पिक्सेल वाच ‘रोहन’ कोडनेमसहित सूचीकृत भएको छ भने यसका रंगहरु कालो, खैरो र सुनोलो रहेका बताइएको छ।

यो स्मार्टवाच ३२ जीबी आन्तरिक स्टोरेज आउने साथै सेलुलर कनेक्टिभिटीसहित आउनसक्ने अपेक्षा पनि गरिएको छ। सूचीमा यो डिभाइसका बारेमा यसभन्दा बढी विवरणहरु उल्लेख नगरिएको जीएसएमएरिनामा उल्लेख छ।

यसअघि आएका लीकहरुमा यो बेजल नभएको गोलाकार डायलमा आउने बताइएको थियो। यसमा एक्जिनोस चिप तथा गुगलको वेयरओएस ३ सहित आउने भएको छ।

लीकस्टर जोन प्रोस्सरले यो डिभाइस मे २६ सार्वजनिक हुने बताएका छन्।

यस्तै ब्लूजे कोडनेमसहितको पिक्सेल ६ए स्मार्टफोन भने कालो, सेतो र हरियो रंगमा १२८ जीबी आन्तरिक स्टोरेजसहित आउने बुझिएको छ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

ताजा समाचार