गुगललाई हताहतीको बारेमा गलत जानकारी दिने विज्ञापन प्रतिबन्ध गर्न रुसको आदेश

Technology Khabar १७ फाल्गुन २०७८, मंगलवार

गुगललाई हताहतीको बारेमा गलत जानकारी दिने विज्ञापन प्रतिबन्ध गर्न रुसको आदेश

काठमाडौं ।

रुसले सोमबार अल्फाबेट इंकको गुगललाई गुगल विज्ञापनको अंशको रूपमा पोष्ट गरिएको जानकारीको पहुँचलाई तुरुन्तै प्रतिबन्ध लगाउन आदेश दिएको छ।

त्यस्ता सामग्रीहरुमा यसले रूसी सेना र युक्रेनी नागरिकहरूको हताहतको बारेमा गलत जानकारी समावेश गरेको दाबी गरिएको रोयटर्सले उल्लेख गरेको छ।

राज्यको सञ्चार नियामक रोस्कोमनाडजोरले गुगललाई अपमानजनक सामग्रीहरू हटाउन माग गर्दै एउटा पत्र पठाएको र त्यस्ता जानकारी प्रकाशित गर्ने इन्टरनेट स्रोतहरू रोक्न भनेको हो।

मस्कोले समाचार मिडिया र प्राविधिक प्लेटफर्महरूमा चलिरहेको स्टोरीलाई नियन्त्रण गर्न प्रयासहरू बढाएको छ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

ताजा समाचार