गूगलद्धारा गूगल क्रोमको नयाँ अपडेट जारी, देखियो उच्च तहको तीनओटा समस्या

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

गूगलद्धारा गूगल क्रोमको नयाँ अपडेट जारी, देखियो उच्च तहको तीनओटा समस्या

काठमाडौं ।

काठमाडौं । गूगलले क्रोमको नयाँ अपडेट जारी गरेको छ । नयाँ अपडेटमा गूगलले आफ्नो ब्राउजरको तिन सेक्योरिटी समस्याहरुलाई फिक्स गरेको छ ।

लेटेस्ट क्रोम अपडेट विन्डोज, म्याम र लिनक्स यूजरहरुको लागी उपलब्ध रहेको छ । गूगलले क्रोमको सेक्योरिटी प्याच अपडेट ८०.०.३९८७.१२२ जारी गरेको हो । यद्पी गूगल क्रोमको यो अपडेट एन्ड्रोएड र आईओए प्लेटफर्मको लागी हाल उपलब्ध रहेको भने छैन ।

गूगल क्रोमलाई लिनक्स, विन्डोज र म्याक यूजरले क्रोमको सेटिंगमा गएको यसको लेटेस्ट भर्जन डाउनलोड गर्न सक्दछन् । यसको लागी क्रोमको सेटिंगमा हुने अबाउट क्रोममा गएर लेटेस्ट भर्जन ८०.०.३९८७.१२२ को लागी चेक गर्नु पर्दछ ।

यसबाहेक यदि यूजरको क्रोम प्रोफाइलमा डट देखिएको छ भने पनि यस ब्राउजरलाई अपडेट गर्न सकिन्छ । क्रोमको अबाउट सेक्सन सँगसँगै नयाँ अपडेट आएको जानकारी क्रोम नोटिफिकेशनबाट पनि पाइन्छ । सेक्योरिटी अपडेटको कुरा गर्दा यसमा तीन सेक्योरिटी अपडेट पाइने छ ।

यद्पी गूगलले यसमा सेक्योरिटी समस्या के रह्यो भन्ने बारेमा भने केहि बताएको छैन् । तर तीनओटै हाई लेभलको समस्या रहेका थिए । यी तीनओटा सेक्योरिटी समस्याहरु मध्ये एउटा भने हाल पुरारुपमा फिक्स भएको छैन ।

गूगलले आफ्नो ब्लक पोष्टमा गूगल सीभिसी–२०२०–६४१८ को उपस्थितीको रिपोटहरुसँग परिचित रहेको बताएको छ । गूगलले सीभिसी–२०२०–६४१८ लाई भि८ मा टाइप कन्फ्युजनको बताएको छ । याद रहोस भि८ को सम्वन्ध जाभा स्क्रिप्टमा क्रोम कम्पोनेन्टको लागी हुने गर्दछ । ध्यान रहोस सुरक्षाको कारणले गर्दा क्रोम तथा अरु अपडेटहरु गर्ने गर्नु पर्दछ । एजेन्सी

easy care

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार