एन्ड्रोएडले प्रयोगकर्ताहरुलाई गेम पुरै डाउनलोड नहुँदै पनि खेल्न दिने

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

एन्ड्रोएडले प्रयोगकर्ताहरुलाई गेम पुरै डाउनलोड नहुँदै पनि खेल्न दिने
Classic Tech

काठमाडौं । एन्ड्रोएडमा गेमिंग निकै लोकप्रिय रहेको छ र गूगलले हाल यसलाई अझ फ्रेन्डली बनाउन लागि परेको छ । गूगलको नयाँ फाइल सिस्टमले एन्ड्रोएड गेम फुल डाउनलोड नहुँदै पनि खेल्न सकिने बताएको छ ।

यसबाट ग्राफिक्स सुधारसँगै स्मार्टफोनहरुले पनि फास्ट गेमहरु खेल्न सक्दछन्। हामी एन्ड्रोएड फोनमा धेरै गेमहरु खेल्न सक्छौं र यसको गेमिंग मार्केट अझै बढ्दोरुपमा रहेको छ ।

कुनैबेला ठुला गेमहरुले डाउनलोड हुनको लागी केहि समय लिने गर्दछन । त्यस्तै यसलाई डाउनलोड गर्न कुनैबेला निकै अफ्ठ्यारो हुने गर्दछ जसलाई प्रयोगकर्ता मन पराउँदैनन । तर गूगलले यस नयाँ फिचरमा यस्ता गेमहरुलाई चाँडै टेस्ट गर्न र डाउनलोड गर्न पर्याप्त समय नभएका बेला पनि खेल्न सकिनेछ ।

गूगलको यस नयाँ फाइल सिस्टमको नाम इन्क्रिमेन्टल फाइल सिस्टम रहेको छ । यसले गेमहरु पुरा डाउनलोड नहुँदै पनि खेल्न अनुमती दिने छ ।

गूगलको यस फिचरको जानकारी एलडब्ल्युएनडट नेट मा रहेको छ । इन्क्रिमेन्टल फाइल सिस्टम एक डेडिकेटेड लिनक्स भर्चुअल फाइल सिस्टम हो जसले नेटवर्क तथा यूएसबीलाई प्रोग्रामहरुलाई एकसाथ एक्जिक्युट गर्न अनुमती दिने गर्दछ । यसको अर्थ कुनै एक ठुलो एन्ड्रोएड एप्लिकेशन लन्च भएमा यसलाई स्टार्ट गर्नलाई प्रयोगकर्ताले यसको केहि कन्टेन्ट मात्रै डाउनलोड गरेपनि पुग्ने छ ।

यद्पी यो नयाँ फिचर क्याचसँगै आउने छ । यसमा केहि गेम राम्ररी लोड हुनका लागी पुरा डाउनलोड हुनु पर्दछ । यदि यिनीहरु डाउनलोड नभएको खण्डमा एप्लिकेशन राम्ररी नचल्ने वा यसमा केहि रोकावटहरु आउन सक्दछ । यद्पी महत्वपुर्ण डाटाहरु हट ब्लकमा लोड हुने भएकाले यस्तो अवस्था कमै देखिन सकिने बताईएको छ । धेरै जस्तो अवस्थाहरुमा भने एपको केहि प्रतिशत डाउनलोड भएसँगै एप टेस्टिंगको लागी राम्रोसँग रन गर्नेछ ।

एक्सडिए डेभलपरहरुकाअनुसार यो फीचर एन्ड्रोएड ११ मा हुने छैन् । यो फिचरलाई गूगलले एन्ड्रोएड १२ देखि २०२१ देखि ल्याउने छ । एजेन्सी

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...