शाओमीले छिट्टै रेडमी नोट ११ को एउटा फाइभजी भर्सन ल्याउने

Technology Khabar ९ फाल्गुन २०७८, सोमबार

शाओमीले छिट्टै रेडमी नोट ११ को एउटा फाइभजी भर्सन ल्याउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले रेडमी नोट ११एस को एउटा फाइभजी भर्सन छिट्टै ल्याउने बुझिएको छ।

शाओमीले यसमार्फत् आफ्नो फाइभजी मोडलको लाइनअप विस्तार गर्न खोजेको र आईएमईआई सूची अनुसार यसलाई नोट ११एस फाइभजी भनिने पनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

नोट ११, नोट ११एस, नोट ११ प्रो तथा नोट ११ प्रो फाइभजीमध्ये पछिल्लो मोडल मात्र फाइभजी भएको र फोरजी स्मार्टफोनहरु कम चल्न थालेकाले पनि शाओमी अर्को फाइभजी डिभाइस थप्त उत्सुक भएको आकलन गर्न सकिन्छ।

हालै डाटाबेसमा ओपल कोडनेम तथा के१६बी मोडल नम्बरसहित देखिएको यो डिभाइसमा पनि चीनमा उपलब्ध पोको एम४ प्रो फाइभजी तथा रेडमी नोट ११ फाइभजीमा झैं डाइमेन्सिटी ८१० चिपसेट रहन सक्ने आकलन गरिएको छ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

ताजा समाचार

Samsung’s ‘Good Lock’ app debuts on Google Play Store

  • Technology Khabar
  • २३ बैशाख २०८१, आईतवार