गुगलद्वारा पिक्सेल ६ र ६ प्रो को बिक्री सिंगापुरमा पनि शुरु

Technology Khabar ४ फाल्गुन २०७८, बुधबार

गुगलद्वारा पिक्सेल ६ र ६ प्रो को बिक्री सिंगापुरमा पनि शुरु

काठमाडौं ।

गुगलले आफ्नो पिक्सेल ६ तथा ६ प्रो स्मार्टफोन सिंगापुरमा बिक्री गर्न शुरु गरेको छ।

कम्पनीले यी स्मार्टफोनहरु विश्वका केही निश्चित बजारहरुमा मात्रै उपबलब्ध गराउँदै आएकोमा अब सिंगापुरमा पनि उपलब्ध गराउन थालेको हो।

गुगलले पहिले ९ देशमा पिक्सेल ६ सिरिजको बिक्री थालेको र केही समय अघि मात्रै स्पेन र इटली थपेर ११ देश पुर्याएको थियो। यस हिसाबले सिंगापुर पिक्सेल ६ डिभाइसका लागि १२औं बजार हुन पुगेक छ।

सिंगापुरमा यी डिभाइसमध्ये पिक्सेल ६ ९९९ सिंगापुर डलरमा तथा ६ प्रो १,२९९ सिंगापुर डलरमा खरिद गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

पिक्सेल ६ स्टर्मी ब्ल्याक तथा सोर्टा सीफोम र ६ प्रो क्लाउडी ह्वाइट र स्टर्मी ब्ल्याक रंग संयोजनमा उपलब्ध हुने बुझिएको छ।

यी दुवै सेट १२८ जीबी आन्तरिक स्टोरेज भर्सनमा उपलब्ध छन्।

easy care

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार

ताजा समाचार