गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू सार्वजनिक

Technology Khabar २८ माघ २०७८, शुक्रबार

गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू सार्वजनिक

काठमाडौं ।

गुगलले आफ्नो एन्ड्रोइड १३ को पहिलो भर्सन सार्वजनिक गरेको छ।

यो भर्सनको पहिलो विवरण गत वर्षको डिसेम्बरमा बाहिरिएको थियो भने अब यसलाई आधिकारिक रुपमा सार्वजनिक गरिएको गिजचाइनाले जनाएको छ।

गुगलले हाल सार्वजनिक गरेको ग्रीन रोबोटको नयाँ भर्सनको डेभलपर प्रिभ्यू हो।

यस हिसाबले पिक्सेल ४, पिक्सेल ४ एक्सएल, पिक्सेल ४ए, पिक्सेल ५ए, पिक्सेल ६ तथा पिक्सेल ६ प्रोका यूजरहरुले तिरिमासु कोडनेम भएको यो भर्सन परीक्षण गर्न सक्नेछन्।

यसका लागि सोर्समा दिइएको लिंकबाट जान सकिनेछ तर गिजचाइनाले यो डेभलपर भर्सन मात्र भएकाले प्रयोग गर्दा अपूरो र स्थायित्क कम भएको अनुभव हुन सक्ने सुझाएको छ।

यसको अन्तिम भर्सनमा पाइने केही नयाँ फिचरहरुको छनक यसमा पाउन सकिनेछ। डेभलपरहरुले अन्तिम भर्सन तयार गर्नका लागि यो भर्सन परीक्षण गर्दछन्।

सर्सर्ती हेर्दा गुगलले एन्ड्रोइड १२ मा प्रयोग गरेको मेटेरियल यू लाई यसमार्फत् अझ विस्तार गर्न खोजेको बुझिएको छ।

easy care

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

ताजा समाचार