Technology Khabar २१ माघ २०७८, शुक्रबार
काठमाडौं ।
गुगलको इथिकल एआई ग्रुपका दुई सदस्यले कम्पनी छोड्ने घोषणा गरेका छन्।
ब्लूमबर्गका अनुसार कम्पनी छोड्ने घोषणा गर्नेहरुमा वरिष्ठ अनुसन्धाता एलेक्स हाना तथा सफ्टवेयर इन्जिनीयर डीलन बेकर रहेका छन्।
उनीहरुले टिम्निट गेब्रुको गैर नाफामूलक अनुसन्धान संस्था डिस्ट्रिब्युटेड एआई रिसर्च डीएआईआरमा आबद्ध हुन कम्पनी छाड्न लागेको बुझिएको छ।
Today's my last day at Google. Starting tomorrow I'm joining @timnitGebru at @DAIRInstitute as Director of Research.
On my way out, here's some thoughts on the tech company as a racialized organization and the power of complaint. https://t.co/PQhAVo2r7M
— Alex Hanna (اليكس حنٌا) (@alexhanna) February 2, 2022
मिडियममा आफ्नो राजीनामाबारे पोस्ट गर्दै हानाले गुगलको ‘विषाक्त’ काम गर्ने वातावरणका बारेमा आलोचना गर्दै कम्पनीमा अश्वेत महिलाहरुको प्रतिनिधित्व ज्यादै न्यून रहेको पनि उल्लेख गरेकी छिन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा बुधबार गुगलमा आफ्नो अन्तिम दिन भएको र बिहीबारदेखि टिम्निट गेब्रुको टीममा अनुसन्धान निर्देशकका रुपमा आबद्ध हुने उल्देख गर्दै गुगललाई रंगभेदी प्रविधि कम्पनी भएको आरोप पनि लगाएकी छिन्।
टिम्निटअघि गुगलले कुनै अश्वेत महिलालाई अनुसन्धान वैज्ञानिकका रुपमा नियुक्त नगरेको हानाको आरोप छ। गुगलको एआई इथिकल रिसर्च ग्रुपकी पूर्व सह-प्रमुख गेब्रुलाई कम्पनीले २०२० मा निकालेको थियो।
उनलाई हटाउनुको मुख्य कारण एटेन्शन टू द पोटेन्सियल रिस्क अफ लार्ज स्केल ल्याङ्ग्वेज मोडल्स नामक गुगल सर्चमा प्रयोग हुने जस्तै विषयमा अनुसन्धान सहलेखन गर्नु रहेको थियो।
उनको यो सहलेखनमा सहयोग गर्ने अर्की एआई इथिक्स अनुसन्धाता मार्गरेट मिचेललाई पनि कम्पनीले केहीसमयपछि निकालेको थियो।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार