एन्ड्रोइड तथा आईओएसमा यूट्युबले पायो नयाँ भिडियो प्लेयर यूआई

Technology Khabar २० माघ २०७८, बिहीबार

एन्ड्रोइड तथा आईओएसमा यूट्युबले पायो नयाँ भिडियो प्लेयर यूआई

काठमाडौं ।

एन्ड्रोइड तथा आईओएस प्लेटफर्ममा रहेका यूट्युब एपमा फुल स्क्रीन मोडका सबै मुख्य फिचरहरुयुक्त नयाँ भिडियो प्लेयर यूजर इन्टरफेस अपडेट उपलब्ध भएको छ।

उक्त अपडेट सर्भरको साइडमा भएको र यसमा प्लेयरको तलपट्टि कुनामा नयाँ आइकनहरुका लहर थपिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यी बटनहरुमा बायाँपट्टि लाइक तथा डिस्लाइकका साथै कमेन्टमा टगल गर्ने, प्लेलिस्टमा सेभ गर्ने र शेयर बटन रहेका छन् भने दायाँपट्टि भने मोर भिडियोज ट्याब राखिएको छ जसमार्फत् सुझाइएका भिडियोहरु हेर्न सकिनेछ।

एपको ठिक बिचमा भने म्युजिक भिडियोहरु सुन्ने बेलाका लागि विभिन्न कन्ट्रोलहरु रहेको ट्याब दिइएको छ।

जीएसएमएरिनाका अनुसार यूट्युब एपको १७.०३.३५ भर्सनयुक्त एन्ड्रोइड डिभाइसमा गरिएको परीक्षणमा भिडियोहरु डिस्लाइक गर्न सकिने तर काउन्टर गरिएका बारे भने केही जानकारी हेर्न नमिलेको पाइएको छ।

नयाँ कन्ट्रोलले फुल स्क्रीन भिडियो हेर्दा भिडियो मिनिमाइज गर्नुपर्ने वा मुख्य फङ्शनहरु चलाउनुपर्ने जस्ता बाध्यता हटाएर भिडियो हेर्ने अनुभवमा अरु सहजता थप्ने परीक्षणबाट देखिएको छ।

easy care

प्रकाशित: २० माघ २०७८, बिहीबार