गुगलले घरेलु हिंसासम्बन्धी सहयोगलाई सम्बन्धित सर्चको सबैभन्दा माथि राख्ने

Technology Khabar १९ माघ २०७८, बुधबार

गुगलले घरेलु हिंसासम्बन्धी सहयोगलाई सम्बन्धित सर्चको सबैभन्दा माथि राख्ने

काठमाडौं ।

गुगलले घरेलु हिंसा पीडितहरुलाई सहयोग गर्नका लागि आफ्ना सम्बन्धित सर्चको सबैभन्दा माथि यससँग सम्बन्धित सामग्री राख्ने भएको छ।

मंगलबादेखि घरेलु हिंसा तथा दुर्व्यवहारसम्बन्धी शब्दावील खोज्ने अमेरिकाका यूजरहरुले एउटा बक्स देख्नेछन् जसले नेशनल डोमेस्टिक भायोलेन्स हटलाइनको चाैबिसै घण्टा चल्ने फोन नम्बर तथा च्याट सेवामा सिधै सम्पर्क गराइदिने इन्ग्याजेटले उल्लेख गरेको छ।

यो निर्णय हिंसा पीडितहरुले सुरक्षित रुपमा सहयोग चाहिने अवस्थामा छिटो सहयोग पाउन सकुन् भन्ने उद्देश्यले गरेको कम्पनीले जनाएको छ।

उक्त हटलाइन अंग्रेजी र स्पेनिस भाषामा सिधै उपलब्ध हुने र विश्वका अन्य २०० भाषामा अनुवादकहरुका सहयोगमा उपलब्ध हुने बताइएको छ।

त्यहाँका प्रतिनिधिहरुले सर्च हिस्ट्री लुकाउने वा वैकल्पिक ईमेल एकाउन्ट बनाउनेलगायतका इन्टरनेटसम्बन्धी सुझाव पनि दिनेछन्।

सर्चका क्रममा देखिने क्विक एक्सेस बक्स गुगलले व्यक्तिगत समस्याका लागि देखाउने जस्तै हुने र यसको काम पनि लगभग उस्तै प्रकारको हुने बुझिएको छ।

गुगलले यस्ता बक्सहरु सान्दर्भिक तथा विश्वासिला जानकारी प्रदान गर्नका लागि प्रयोग गर्दछ।

यो प्रयासले समय बचाउनुका साथै मानिसहरुलाई खतराजनक घरेलु अवस्थाबाट मुक्त हुन सहयोग गरोस् भन्ने कम्पनीको उद्देश्य रहेको बताइएको छ।

easy care

प्रकाशित: १९ माघ २०७८, बुधबार

ताजा समाचार