नुबियाले यो वर्ष भीआर हेडसेट, मनिटर, राउटर रेड म्याजिक७ ल्याउने

Technology Khabar ७ माघ २०७८, शुक्रबार

नुबियाले यो वर्ष भीआर हेडसेट, मनिटर, राउटर रेड म्याजिक७ ल्याउने

काठमाडौं ।

चिनियाँ टेलिकम जायन्ट जेडटीईको सहायक ब्रान्ड नुबियाले यो वर्ष नयाँ डिभाइसहरु ल्याउने भएको छ।

हालै कम्पनीले आफ्नो वेबो एकाउन्टमा यो वर्ष ल्याउने योजनामा रहेका थुप्रै डिभाइसहरुको सूची प्रकाशित गरेको छ।

यो सूचीमा कम्पनीको रेड म्याजिक मेटाभर्ससँग जोडिएको भीआर हेडसेट, राउटर तथा गेमिङ मनिटरलगायतका रहेका छन्।

गत वर्षदेखि चर्चामा आएको मेटाभर्सले यो वर्षभरी पनि निकै चर्चा पाउने निश्चित जस्तै छ। यसलाई सामान्य हिसाबले वास्तविक मानिसहरुले भीआर हेडसेट लगाएर शेयर गर्ने भीआर वातावरण भनेर व्याख्या गरिएको छ।

यसैगरी कम्पनीको टिजरमा आउँदै गरेको गेमिङ फ्ल्यागशिप सिरिज रेड म्याजिक ७ पनि राखिएकोछ भने उक्त डिभाइस आगामी फेब्रुअरीमा सार्वजनिक हुने जानकारी पनि समेटिएको छ।

रेड म्याजिक ७ झट्ट हेर्दा यसअघिको मोडल झैं देखिने र गेमका लागि शुल्जर सेन्स ट्रिगरयुक्त हुनेछ। यसबाहेक यसमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

ताजा समाचार