शानदार स्मार्टफोन सुटुक्क ल्याउने तयारीमा नोकिया, मुख्य विवरण लीक

Technology Khabar ५ माघ २०७८, बुधबार

शानदार स्मार्टफोन सुटुक्क ल्याउने तयारीमा नोकिया, मुख्य विवरण लीक

काठमाडौं ।

नोकियाले यो वर्ष पनि आफ्नो जी-सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ।

हालै एउटा रुसी वेबसाइटमा नोकिया जी-२१ टीए-१४१८ मोडल देखिएको थियो। त्यसै लिस्टिङमा फोनका केही मुख्य स्पेसिफिकेशन पनि खुलाइएको थियो।

यी विवरण विशेषगरी डिस्प्ले, रेजोल्यूशन, स्क्रीन टू बडी रेशियो तथा र्याम, स्टोरेज र कलर भेरियन्टसँग सम्बन्धित थिए।

यसबाहेक नोकिया जी-सिरिज अन्तर्गतकै अर्को एउटा फोनमा काम गरिरहेको थाहा पाइएको छ। ९१मोबाइल्सका अनुसार कम्पनीले काम गरिरहेको नोकिया जी-११ मोडलको उक्त फोनका बारेमा जानकारी गुपचुप राखेर एकैपटक सार्वजनिक गर्ने योजनामा रहेको थियो।

नोकियावेबटेक नामक वेबसाइटका अनुसार श्याडोकट कोडनेम दिइएको नोकिया जी-११ हाल यूएई तथा रूसमा रिटेलर लिस्टिङमा परिसकेका छन्।

नोकियामोबले हालै सार्वजनिक गरेको रिपोर्टमा यूएईका खुद्रा बिक्रेताहरुले नोकिया जी-११ मा ३ जीबी र्याम ताथ ३२ जीबी आन्तरिक स्टोरेज रहेको बताएका उल्लेख छ।

यो डिभाइस आइस तथा चारकोल गरी दुई रंगमा उपलब्ध हुने बुझिएको छ। होगा। तर यसका बारेमा कम्पनीले भने कुनै आधिकारिक जानकारी उपलब्ध गराएको छैन।

यसैगरी नोकिया जी-२१ मा ६.५ इन्चको १६००x७२० पिक्सेल रेजोल्युशनयुक्त एचडी+ डिस्प्ले रहने साथै ब्लू तथा डस्क गरी दुई रंगमा उपलब्ध हुनेछ।

यसमा एन्ड्रोइड ओएस रहने जानकारी आए पनि चिपसेटका बारेमा कुनै विवरण उपलब्ध छैन। त्यस्तै यसमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहने भने पक्का भएको छ।

easy care

प्रकाशित: ५ माघ २०७८, बुधबार