हिउँ पन्छाएपछि दार्चुलाको व्यास क्षेत्रमा फोन सेवा सञ्चालन

Technology Khabar ३० पुष २०७८, शुक्रबार

हिउँ पन्छाएपछि दार्चुलाको व्यास क्षेत्रमा फोन सेवा सञ्चालन

काठमाडौं ।

दार्चुलाको व्यास गाउँपालिकामा हरेक वर्ष हिमपातका कारण सञ्चार सेवा अवरुद्ध हुने गरेको छ। गत सातादेखि भएको हिमपातका कारण अवरुद्ध सञ्चार सेवा हिउँ पन्छाएपछि सुचारु भएको छ।

हिमपातका कारण सञ्चारविहीन बनेको व्यास क्षेत्रमा शुक्रबारबाट फोन सेवा सुचारु भएको स्थानीय करन खत्रीले जानकारी दिए। दार्चुला–तिङ्कर सडकमा कार्यरत नेपाली सेना, कर्मचारी र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको खत्रीले बताए।

टावरमा उर्जाका लागि प्रयोग गरिएको सोलार प्यानल हिउँले ढाकेपछि सञ्चारसेवा बन्द भएको थियो।

व्यास गाउँपालिका–४ स्थित कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, राप्ला, दुम्लीङ, धौलाकोट, सिना लगायत गाउँहरु र भारतको सोसा, पाङला लगायतक्षेत्रका स्थानीय बासिन्दाले सञ्चार सेवा पाउँदै आएका छन् ।

कैचुला टावरसम्म पुग्ने बाटोमा हिउँ जमेकोले जोखिमपूर्ण बाटो छिचोल्दै नेपाली सेना र युवाको टोली कैचुला पुगेको थियो। भारी हिमपातको बाटो छिचोल्दै बेल्चा बोकेर हिउँ पन्छ्याउन टोली कैचुला टावरमा पुगको खत्रीले बताए।

व्यास क्षेत्रको टावरसम्म विद्युत नपुगेको कारण सौर्य ऊर्जामा समस्या आउने वित्तिकै सञ्चार सेवा अवरुद्ध हुने गरेको छ।

माघे संक्रान्तिका बेला चेलिबेटी तथा बाहिर रहेका आफन्तसँग कुराकानी गर्न समस्या भइरहेका बेला जोखिम छिचोल्दै हिउँ पन्छ्याएर टावर सुचारु गरेपछि सहज भएको स्थानीयले बताएका छन् । अझै पनि दार्चुलाका अधिकांश टावरसम्म विद्युतीकरण नहुँदा घाम नपरेको बेला वा हिमपातको समयमा सञ्चार सेवा अवरुद्ध हुने गरेको स्थानीय हरक कार्कीले बताए। गोरखापत्र अनलाइन

easy care

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार