हालै चर्चामा आएको वर्डल गेम के हो जान्नुहोस्, अनौठो खेल्ने नियम बारे थाहा पाउनुहोस्

Technology Khabar ३० पुष २०७८, शुक्रबार

हालै चर्चामा आएको वर्डल गेम के हो जान्नुहोस्, अनौठो खेल्ने नियम बारे थाहा पाउनुहोस्

काठमाडौं ।

वर्डल एक सजिलो र रमाइलो अनलाइन खेल हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभरका मानिसहरु घरमै रहेका बेला यो गेमले सबैलाई आकर्षित गरेको छ।

हालैमात्र एप्पलले एप स्टोरमा भएका वर्डल जस्तै तर नक्कली एपहरुमा प्रतिबन्ध लगाएसँगै यो गेम पुन चर्चामा रहेको छ।

वर्डल खेल्ने प्रयोगकर्ताहरूसँग तिनीहरूको अगाडि एउटा सजिलो सुबिधा छ। यस गेममा प्रयोगकर्ताहरूले पाँच अक्षरहरू भएको गोप्य शब्दको अनुमान लगाउनु पर्ने हुन्छ, जसको लागि प्रयोगकर्ताहरूले ६ वटा मौका पाउँछन्।

नियमहरु

खेलका नियमहरू सरल छन्, तर खेल चुनौतीपूर्ण छ किनभने एक व्यक्तिले यो खेल दिनमा एक पटक मात्र खेल्न सक्छ। र अझ महत्वपूर्ण भनेको यो वर्डल वेबसाइटमार्फत मात्र खेल्न वा चलाउन सकिन्छ। यसलाई प्ले गर्न कुनै पनि एप डाउनलोड गर्न वा साइन इन गर्न आवश्यक छैन। त्यसैले वर्डलको बारेमा अधिक जानौं।

विकासक्रम

वर्डल ब्रुकलिनमाआधारित सफ्टवेयर इन्जिनियर जोश वार्डलद्वारा विकसित गरिएको हो। खेलको विकासको कथा यो खेल जत्तिकै रोचक छ। वार्डलको पार्टनर पलक शाहलाई खेल मनपर्छ। उनले दुबैको लागि अनुमान लगाउने खेल सिर्जना गरे। जोस वार्डलले आफ्नो जस्तै खेलको नाम ‘वर्डल’ राखे।

वार्डल र उनको पार्टनरले केही महिना यो गेम खेले र त्यसपछि आफ्नो परिवारको व्हाट्सएप ग्रुपमा सेयर गरे। त्यसबेलादेखि यो खेल मानिसहरूमा क्रेजको रुपमा आएको छ।

जोस वार्डलले पहिलो पटक २०१३ मा खेलको प्रोटोटाइप बनाएका थिए। जोशका साथीहरू खेलबाट प्रभावित भएनन्, त्यसैले उनले आफ्नो अवधारणा त्यागे।

तर सन् २०२० मा, जोस र उनको पार्टनरले वर्डल गेम खेल्न थाले। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा जोस वार्डलले दिनमा एकपटक मात्रै यो गेम खेल्ने अवसरले मानिसलाई आकर्षित गरेको बताए । वार्डलकाअनुसार खेलले मानिसहरूलाई दिनको तीन मिनेट मात्र यसको साथ खर्च गर्न प्रोत्साहित गर्दछ।

सो पजल गेमका विकासकर्ताले गत वर्ष अक्टोबरमा यसको वेबसाइट बनाएर वर्डल जारी गरेको थियो। यस वेबसाइटमा कुनै तामझामहरू छैनन् भने कुनै पप-अप वा विज्ञापनहरू देखा पर्दैन। गेम खेल्नका लागि सदस्यता पनि आवश्यक छैन।

यो खेल एपमा पनि छैन। खेल रिलिज भएको दुई महिनापछि मात्रै यसले निकै लोकप्रियता पाएको छ। अहिले एकै पटकमा तीन लाखभन्दा बढीले यो खेल खेलिरहेको बताईएको छ।

easy care

प्रकाशित: ३० पुष २०७८, शुक्रबार