मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण

Technology Khabar २६ पुष २०७८, सोमबार

मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्नका लागि आशयपत्र आह्वान गरेको छ।

नेपाल सरकारको बजेटमा सम्पन्न हुने यो परियोजना प्याकेज १, २ र ३ गरी तीन भागमा बाँडिएको छ।

प्याकेज १ मा प्रदेश १ र प्रदेश २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा मोबाइल सेवाको गुणस्तर मापन गराइने प्राधिकरणले जनाएको छ।

प्याकेज क्षेत्र ड्राइभ टेस्ट रुट लम्बाइ किमी शहरी क्षेत्र किमी ग्रामीण क्षेत्र किमी राजमार्ग/उपराजमार्ग किमी
प्रदेश १ ३ हजार १ हजार ५०० ९ सय ६ सय
प्रदेश २ ३ हजार १ हजार ५०० ९ सय ६ सय
बागमती ३ हजार १ हजार ५०० ९ सय ६ सय
गण्डकी ३ हजार १ हजार ५०० ९ सय ६ सय
लुम्बिनी ३ हजार १ हजार ६ सय ४ सय
सुदूरपश्चिम ३ हजार १ हजार ६ सय ४ सय
कर्णाली ३ हजार १ हजार ६ सय ४ सय

यो परियोजनाले देशका विभिन्न प्रदेशहरुमा उपलब्ध दूरसञ्चार सेवा प्रदायकहरुका भ्वाइस, एसएमएस तथा डाटा सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्ने उद्देश्य राखेको छ।

यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी २१ मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा अनलाइनमार्फत् www.bolpatra.gov.np/egp मा वा https//:nta/gov.np/en/ मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।

उक्त समयभित्र आएका रित पुगेका संस्थाहरुलाई क्यूईसी प्रक्रियाबाट छानिनेछ जसमा गुणस्तरको ५० प्रतिशत, अनुभवको ४० प्रतिशत तथा कार्यक्षमताको १० प्रतिशत अंकभार रहने उल्लेख छ।

छानिएका परामर्शदातृले विभिन्न प्याकेजअन्तर्गतका सबै प्रदेशहरुमा दूरसञ्चार सेवा गुणस्तर सम्बन्धी  उपनियम २०७३ अन्तर्गत प्राधिकरणले तोकेबमोजिमको क्यूओएस मिजरमेन्ट युजिङ ड्राइभ टेस्टका लागि मानक सञ्चालन प्रक्रियाअनुरुप बेन्चमार्किङ सोलुशन प्रयोग गरी ड्राइभ टेस्ट गर्नुपर्ने सूचनामा उल्लेख छ।

विभिन्न ती औटा प्याकेजहरु समापन गर्नका लागि पनि सूचनामा समयसीमा तोकिएको छ।

प्याकेज क्षेत्र प्याकेजका लागि
प्याकेज १ प्रदेश १  र २ सम्झाैता भएको ५ महिना
प्याकेज २ बागमती र गण्डकी सम्झाैता भएको ५ महिना
प्याकेज ३ लुम्बिनी, सु.प., कर्णाली सम्झाैता भएको ५ महिना

छानिएका परामर्शदातृले सबै विवरणसहित नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउने र प्राधिकरणका अधिकारीहरुसमक्ष प्रिजेन्टेशन पनि पेश गर्नुपर्नेछ।

easy care

प्रकाशित: २६ पुष २०७८, सोमबार

ताजा समाचार