नेपाल टेलिकमका प्रबन्ध निर्देशक नियुक्ति विरुद्धको मुद्दामा सर्यो सुनुवाई

Technology Khabar १२ पुष २०७८, सोमबार

नेपाल टेलिकमका प्रबन्ध निर्देशक नियुक्ति विरुद्धको मुद्दामा सर्यो सुनुवाई

काठमाडौं ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी परेको मुद्दामा बुधबार सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन्। सो अन्तरिम आदेश सम्बन्धि मुद्दा सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेकोमा हेर्न नभ्याईने भएसँगै सुनुवाई सरेको हो।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि न्यूनतम योग्यताको मापदण्ड परिवर्तन गरिएको भन्दै पूर्वकर्मचारी सुरेन्द्रमान सिंहले सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८ मार्फत न्यूनतम योग्यता परिवर्तन गरिएको भन्दै मुद्दा हालेका थिए।

सो रिटमा सुनुवाई गर्दै सर्वोच्चले पुस ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सूचना तथा सञ्चार मन्त्रालय तथा नेपाल टेलिकमको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सो रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीहरुलाई आज १२ गते लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो।आजको सुनुवाईमा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा अदालतले छलफलका लागि बोलाएको थियो।

तर सो मुद्दा हेर्न नभ्याईने भएपछि त्यसको सुनुवाई सरेको हो।

यसअघि अदालतले विपक्षीहरुलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया रोक्नका लागि समेत आदेश दिएको थियो।

यो पनि हेर्नुस्-

सर्वोच्च अदालतको आदेश सञ्चार मन्त्रालयमा दर्ता, टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया रोकिने

easy care

प्रकाशित: १२ पुष २०७८, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार