यस्ता छन् सन् २०२१ का सुन्दर तथा प्रिमियम स्मार्टफोन, हेर्नुहोस् सूची

Technology Khabar ७ पुष २०७८, बुधबार

यस्ता छन् सन् २०२१ का सुन्दर तथा प्रिमियम स्मार्टफोन, हेर्नुहोस् सूची
सांकेतिक तस्बिर

काठमाडौं ।

स्मार्टफोन निर्माता कम्पनीहरु आफ्ना ब्रान्डलाई ताजा लुक दिनका लागि सधैं नयाँ मोडलको डिज़ाइनमा विभिन्न एक्सपेरिमेन्ट गरिरहेका हुन्छन्।

केही कम्पनीले एकै झट्कामा नयाँ डिज़ाइन अपनाउँछन् भने अन्य केहीले भने पहिलेकै डिजाइनलाई अझ सुधार गरेर राम्रो बनाउँछन्।

यसबाहेका केही कम्पनीहरु आफ्ना डिज़ाइनमा पहिलेभन्दा फरकपना देखियोस् भनेर केही अलग कुराहरु थप्छन्।

सन् २०२१ लगचभग अन्यतिर आइपुग्दा हामीले यो वर्षभरी डिजाइनका हिसाबले सुन्दर र प्रिमियम देखिने केही स्मार्टफोनहरुको सूची बनाएका छाैं। हेराैं कतै तपाईँको स्मार्टफोन त यो सूचीमा परेन?

आईफोन प्रो म्याक्सः

एप्पलले आफ्नो आईफोन १३ प्रो म्याक्सको डिज़ाइन यसअघिको आईफोन १२ प्रो म्याक्सको जस्तै बनाएको छ। कम पनीले केही नयाँ लूक दिनका लागि ठूलो क्यामरा, सानो नचजस्ता केही परिवर्तन गरेको छ।

सामसङ ग्यालेक्सी जेड फ्लिप३:

सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप३ लाई अहिलेको सबैभन्दा सुन्दर फोल्डेबल स्मार्टफोन का रुपमा लिन सकिन्छ। कम्पनीले यसका लागि नयाँ डिज़ाइन तथा ठूला बाहिरी डिस्प्ले दिइएको छ। यस बाहेक यसको डुअल पेन्टले पनि यसको लूकलाई अझ प्रिमियम बनाएको छ।

वनप्लस ९:

वनप्लस ९ सिरिजका स्मार्टफोनमा पछाडिको क्यामरा सेट अपले नयाँ र विशेष लुक प्रदान गरेको छ। कम्पनीले यसलाई तीन ओटा रंगमा ल्याउने भएको छ।

असुस रोग फोन ५:

असुसको रोग फोन एएटा गेमिङ स्मार्टफोन हो जसको प्रिमियम डिज़ाइन यसको गेमिङ नेचरसँग मिल्दोजुल्दो छ। यो स्मार्टफोनको पछाडि एलईडी ब्याक लाइटका साथमा रोगको लोगो दिइएकाले डिजाइन अझ प्रिमियम देखिन्छ।

सामसङ ग्यालेक्सी एस२१:

सामसङले आफ्नो ग्यालेक्सी एस२१ लाई नयाँ लूक दिएको छ। यसको युनिबडी क्यामरा हाउजिङ, म्याट फिनिश प्यानल तथा कन्ट्रास्टिङ क्यामराले यसलाई अझ विशेष लूक दिएको छ।

एप्पल आईफोन १३ मिनी:

एप्पल आईफोन १३ मिनीलाई ‘कम्प्याक्ट फर्म फ्याक्टरमा रहेको फ्ल्यागशिप’ का रूपमा लिन सकिन्छ। यसको सानो फर्म फ्याक्टर फोनको मुख्य आकर्षण भएकाले यसमा मिनी मोनिकर दिइएको छ।

सामसङ ग्यालेक्सी जेड फोल्ड ३:

सामसङ ग्यालेक्सी जेड फोल्ड ३ कम्पनीको सबैभन्दा प्रिमियम स्मार्टफोन हो। यो एउटा क्ल्यामशेल फोल्डेबल स्मार्टफोन हो जुन प्रीमियम देखिनुका साथै यसले हामीलाई फोल्डेबल फोनको भविष्यको पनि संकेत गर्दछ।

भिभो एक्स७० प्रो+ :

भिभो एक्स७० प्रो + पनि सबैभन्दा आकर्षक देखिने स्मार्टफोनहरुमध्ये पर्दछ।यसमा अगाडिपट्टि कर्भ्ड डिस्प्ले तथा पछाडि म्याट-फिनिश कर्भ्ड प्यानल रहेको छ।

एमआई ११ अल्ट्रा:

शाओमी एमआई ११ अल्ट्रा  कम्पनीको फ्ल्यागशिप स्मार्टफोन हो भने यसको अगाडिपट्टि कर्भ्ड डिस्प्ले तथा कर्भ्ड ब्याक प्यानल रहेको छ। यसको डिज़ाइनको मुख्य आकर्षण पछाडिपट्टिको क्यामरा हाउजिङको साथमा एउटा सानो नोटिफिकेशन डिस्प्ले दिइएको छ।

यीबाहेक यो सूचीमा ओपो फाइन्ड एक्स३ प्रो, गेमिङ स्मार्टफोन आईकू ७ लेजन्ड, मिड रेन्ज प्रिमियम स्मार्टफोन रियलमी जीटी, वनप्लसको नर्ड २ प्याकम्यान एडिशन, ओपो रेनो ६ प्रो फाइभजी तथा ओपो फाइन्ड एन पनि परेका छन्।

easy care

प्रकाशित: ७ पुष २०७८, बुधबार